क्वालालम्पुर । मलेसियाको क्वालालम्पुरमा भएको २०औँ पूर्वी एसिया शिखर सम्मेलन (इएएस) का नेताले सोमबार विपद तयारी र प्रतिक्रियामा स्थानीयकरण प्रवर्धन गर्ने ऐतिहासिक वक्तव्य पारित गरेका छन् ।
उक्त वक्तव्यले विपद सामना र लचिलोपन निर्माणका लागि स्थानीय क्षमता र सामुदायिक सशक्तीकरणलाई प्राथमिकता दिन सहभागी देशहरूको साझा प्रतिबद्धता पुनः पुष्टि गरेको छ । मलेसियाको आसियान अध्यक्षतामा पारित वक्तव्यले विश्वव्यापीरूपमा बढ्दो वातावरणीय जोखिम, तीव्र सहरीकरण र सामाजिक-आर्थिक चुनौतीहरूलाई मध्यनजर राख्दै प्रभावकारी क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याएको छ ।
नेताले सन् २००९ को चा-आम हुआ हिन वक्तव्य र सन् २०१४ को द्रुत विपद प्रतिकार्य वक्तव्यसहितका अघिल्ला प्रतिबद्धता स्मरण गर्दै तयारी, प्रतिक्रिया र पुनः प्राप्तिमा स्थानीय सहभागिता बढाउनेमा जोड दिएका छन् । स्थानीय सरकार, समुदाय, निजी क्षेत्र र संस्थाको सक्रिय सहभागिता प्रकोप व्यवस्थापनमा प्रभावकारी संयन्त्र सावित भएको वक्तव्यमा उल्लेख छ ।
आसियानको एएडिएमइआर, ‘वन आसियान, वन रिस्पोन्स’ घोषणा र सेन्डाई फ्रेमवर्क (२०१५-२०३०) जस्ता क्षेत्रीय तथा विश्वव्यापी ढाँचामा पनि स्थानीयकरणलाई प्रमुख सिद्धान्तका रूपमा मान्यता दिइएको छ । इएएस नेताले स्थानीय अग्रिम कार्यलाई सशक्त बनाउने, जोखिम-सूचित लगानीमा जोड दिने र समयमै चेतावनी प्रणाली विकास गर्ने आवश्यकतामा बल दिए ।
विज्ञान र प्रविधिमा आधारित जोखिम मूल्याङ्कन, जिआइएस प्रविधि र एआई-सञ्चालित पूर्वानुमान मोडेलमार्फत समुदायलाईसचेत बनाउने पहललाई पनि प्रोत्साहन गरिएको छ । वक्तव्यले स्थानीय अधिकारी र समुदायलाई आपत्कालीन प्रतिक्रिया, पुनः प्राप्ति र पुनर्निर्माणमा केन्द्रीय भूमिका दिनुपर्नेमा जोड दिएको छ ।
साथै, आसियान, निजी क्षेत्र, शैक्षिक संस्था, गैरसरकारी सङ्गठन र रेडक्रस/रेड क्रिसेन्ट मुभमेन्टबिच सहकार्य सुदृढ पार्न आह्वान गरिएको छ । इएएस सदस्य राष्ट्रहरूले द्रुत निर्णय, समयमै अग्रिम कार्य र वित्तीय संयन्त्र सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् । तिनीहरूले स्थानीय ज्ञान र सांस्कृतिक अभ्यासलाई विपद प्रतिक्रियामा उपयोगी सम्पदा मान्दै पहिलो उत्तरदाताका रूपमा समुदायको भूमिकालाई सम्मान गरेका छन् ।
क्वालालम्पुरमा पारित उक्त वक्तव्यले स्थानीय सशक्तीकरण, सहकार्य र अग्रिम कार्यद्वारा प्रकोप–लचिलो पूर्वी एसिया निर्माण गर्ने साझा दृष्टिकोणलाई पुनः पुष्टि गरेको छ । रासस एएनआई
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: