Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

म्यान्मामा जुन्ता-सञ्चालित निर्वाचन अभियान सुरु

खबरडबली संवाददाता

याङ्गुन । म्यान्मामा जुन्ता-सञ्चालित आगामी निर्वाचनका लागि भाग लिन स्वीकृत राजनीतिक दलले मङ्गलबारदेखि प्रचार अभियान सुरु गरेका छन् । आलोचकले यस निर्वाचनलाई सैन्य शासनलाई वैधानिकता दिने प्रयासका रूपमा व्याख्या गरेका छन् । 

मतदान दुई महिनापछि डिसेम्बर २८ देखि चरणबद्धरूपमा हुने छ । सन् २०२१ मा सेनाले आङ सान सुकीको लोकतान्त्रिक सरकारलाई सत्ताच्युत गरेपछि म्यान्मा गृहयुद्धमा फँसेको छ । सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले अघिल्लो निर्वाचनमा ८२ प्रतिशत सिट जितेको थियो, तर जुन्ताले उनलाई जेल हाल्दै पार्टी नै विघटन गरेको थियो ।

सैन्य सरकारले देशका विभिन्न भागमा नियन्त्रण गुमाइसकेको भए पनि चुनावलाई मेलमिलापको उपायका रूपमा प्रस्तुत गरेको छ । तर प्रजातन्त्र समर्थक विद्रोही र जातीय सशस्त्र समूहले आफ्ना क्षेत्रमा मतदान बहिष्कार गर्ने घोषणा गरेका छन् । संयुक्त राष्ट्रसङ्घ र मानव अधिकार समूहले पनि जुन्ता–नियन्त्रित क्षेत्रमा हुने प्रतिबन्धात्मक वातावरणको आलोचना गरेका छन् ।

राखाइन राज्यका सिट्वे निवासी एक ६० वर्षीय व्यक्तिले भने, “यो चुनावले मेरो लागि कुनै अर्थ राख्दैन । यो वास्तविक निर्वाचन होइन र जनतामा यसप्रति रुचि पनि छैन ।” उनले जनजीवन सङ्कटग्रस्त रहेको बताउँदै भने, “मानिस रोजगारी र खानाको अभावमा छन्, चुनाव उनीहरूका लागि टाढाको कुरा हो ।”

कुल ५७ दलले भाग लिने भनिए पनि निर्वाचन अभियान शान्त र सीमित रहने अपेक्षा गरिएको छ । राजधानी नेपिडोमा सैन्य समर्थक युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टीले आफ्नो अभियान बिलबोर्ड सार्वजनिक गर्दै आरम्भ गरेको छ । यद्यपि देशभर फैलिएको द्वन्द्वका कारण सुरक्षा कडा पारिएको छ । मान्डले सहरका एक विस्थापित नागरिकले भने, “हामीलाई मतदानभन्दा बढी घर फर्कन मन छ ।”

दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान) ले यस पटक म्यान्मामा निर्वाचन पर्यवेक्षक नपठाउने जनाएको छ । अधिकार समूहले पनि आसियानलाई ‘त्रुटिपूर्ण’ भनिएको निर्वाचनमा निगरानी नगर्न आग्रह गरेका छन् । जुन्ताले चुनावको विरोधमा सहभागी हुनेलाई १० वर्षसम्म कैद सजायको प्रावधान राख्दै नयाँ कानुन लागु गरेको भने साइबर अपराध ऐनमार्फत इन्टरनेट प्रयोगलाई पनि कडाइ गरेको छ । सैन्य सरकारले सात राष्ट्रिय संसद क्षेत्रमध्ये एउटा क्षेत्रमा र पाँच टाउनसिपमध्ये एउटामा मार्सल कानुनका कारण निर्वाचन नहुने स्वीकार गरेको छ । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending