किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी सेनासँगको युद्ध अझै दुईदेखि तीन वर्षसम्म लम्बिन सक्ने भन्दै युरोपेली देशहरूसँग स्थिर आर्थिक सहयोगको माग गरेका छन् ।
उनका अनुसार, युक्रेनले सन् २०२२ फेब्रुअरीमा सुरु भएको पूर्ण रुसी आक्रमणपछि विदेशी सैन्य र आर्थिक सहयोगकै भरमा आफ्नो प्रतिरक्षा जारी राखिरहेको छ । “मैले सबै युरोपेली नेताहरूसँग स्पष्ट रूपमा भनेको छु — हामी दशकौँसम्म युद्ध लड्ने होइनौँ, तर केही वर्षका लागि युक्रेनलाई स्थिर आर्थिक आधार प्रदान गर्न उनीहरूले प्रतिबद्धता देखाउनुपर्छ”, उनले मङ्गलबार जारी गर्नुभएको वक्तव्यमा भन्नुभयो, “यही कारणले उनीहरूको सोचमा अहिले २–३ वर्षको योजना रहेको छ ।”
युरोपेली सङ्घ (इयु) का नेताहरूले गत हप्ता युक्रेनका लागि थप दुई वर्षका आर्थिक सहयोगका विकल्पहरू अघि बढाउन युरोपेली आयोगलाई निर्देशन दिएका थिए । यस योजनाअन्तर्गत रुसका फ्रिज गरिएका सम्पत्तिबाट प्राप्त हुने दशौँ अर्ब युरो युक्रेनको पुनर्निर्माण र प्रतिरक्षा दुवै प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ ।
“यदि युद्ध चाँडै सकियो भने त्यो पैसा पुनर्निर्माणमा खर्च हुनेछ, तर यदि युद्ध जारी रह्यो भने हामी त्यसलाई हतियार खरिदमा प्रयोग गर्नेछौँ—हामीसँग अरू विकल्प छैन”, उनले स्पष्ट पारे ।
जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङमाथि रुसप्रतिको समर्थन घटाउन दबाब दिन आग्रह गरेका छन् । “यदि ट्रम्पले चीनलाई रूसबाट आयात घटाउन प्रेरित गर्नुभयो भने, त्यो निर्णायक कदम हुनेछ”, उनले पत्रकारहरूसँग भने ।
ट्रम्पले हालै दुई प्रमुख रुसी तेल कम्पनीमाथि प्रतिबन्ध लगाउँदै चीन र भारतलाई रुसबाट तेल किन्ने मात्रा घटाउन आग्रह गर्नुभएको छ, जुन अमेरिकी पक्षले मस्कोको युद्ध खर्चलाई सहयोग गर्ने स्रोत बताउँदै आएको छ ।
युद्ध चौथो वर्षमा प्रवेश गर्दा रुसले केही क्षेत्रमा प्रगति गरिरहेको अवस्थामा जेलेन्स्कीले पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा रूसी सेनाले बलियो पकड जमाएको स्वीकार गरेका छन् । “करिब २०० रुसी सैनिक त्यहाँ विभिन्न स्थानमा देखिएका छन् । पोक्रोभस्क अहिले रुसको मुख्य लक्ष्य बनेको छ”, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - २०:२९
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...
पौष १६ गते, २०८२ - २०:२४
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...




प्रतिकृया लेख्नुहोस्: