Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

जेलेन्स्कीको आग्रह- “युरोपको निरन्तर सहयोग बिना लडाइँ कठिन”

खबरडबली संवाददाता

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी सेनासँगको युद्ध अझै दुईदेखि तीन वर्षसम्म लम्बिन सक्ने भन्दै युरोपेली देशहरूसँग स्थिर आर्थिक सहयोगको माग गरेका छन् ।

उनका अनुसार, युक्रेनले सन् २०२२ फेब्रुअरीमा सुरु भएको पूर्ण रुसी आक्रमणपछि विदेशी सैन्य र आर्थिक सहयोगकै भरमा आफ्नो प्रतिरक्षा जारी राखिरहेको छ । “मैले सबै युरोपेली नेताहरूसँग स्पष्ट रूपमा भनेको छु — हामी दशकौँसम्म युद्ध लड्ने होइनौँ, तर केही वर्षका लागि युक्रेनलाई स्थिर आर्थिक आधार प्रदान गर्न उनीहरूले प्रतिबद्धता देखाउनुपर्छ”, उनले मङ्गलबार जारी गर्नुभएको वक्तव्यमा भन्नुभयो, “यही कारणले उनीहरूको सोचमा अहिले २–३ वर्षको योजना रहेको छ ।”

युरोपेली सङ्घ (इयु) का नेताहरूले गत हप्ता युक्रेनका लागि थप दुई वर्षका आर्थिक सहयोगका विकल्पहरू अघि बढाउन युरोपेली आयोगलाई निर्देशन दिएका थिए । यस योजनाअन्तर्गत रुसका फ्रिज गरिएका सम्पत्तिबाट प्राप्त हुने दशौँ अर्ब युरो युक्रेनको पुनर्निर्माण र प्रतिरक्षा दुवै प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ ।

“यदि युद्ध चाँडै सकियो भने त्यो पैसा पुनर्निर्माणमा खर्च हुनेछ, तर यदि युद्ध जारी रह्यो भने हामी त्यसलाई हतियार खरिदमा प्रयोग गर्नेछौँ—हामीसँग अरू विकल्प छैन”, उनले स्पष्ट पारे ।

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङमाथि रुसप्रतिको समर्थन घटाउन दबाब दिन आग्रह गरेका छन् । “यदि ट्रम्पले चीनलाई रूसबाट आयात घटाउन प्रेरित गर्नुभयो भने, त्यो निर्णायक कदम हुनेछ”, उनले पत्रकारहरूसँग भने ।

ट्रम्पले हालै दुई प्रमुख रुसी तेल कम्पनीमाथि प्रतिबन्ध लगाउँदै चीन र भारतलाई रुसबाट तेल किन्ने मात्रा घटाउन आग्रह गर्नुभएको छ, जुन अमेरिकी पक्षले मस्कोको युद्ध खर्चलाई सहयोग गर्ने स्रोत बताउँदै आएको छ ।

युद्ध चौथो वर्षमा प्रवेश गर्दा रुसले केही क्षेत्रमा प्रगति गरिरहेको अवस्थामा जेलेन्स्कीले पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा रूसी सेनाले बलियो पकड जमाएको स्वीकार गरेका छन् । “करिब २०० रुसी सैनिक त्यहाँ विभिन्न स्थानमा देखिएका छन् । पोक्रोभस्क अहिले रुसको मुख्य लक्ष्य बनेको छ”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: