पाेखरा । कास्कीका प्रहरी इकाइहरुमा आगजनी, तोडफोड तथा हातहतियार लुटपाटमा संलग्न भएको आरोपमा कास्की प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरु २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा प्रहरी कार्यालयहरुमा तोडफोड गर्ने, आगजनी गर्ने तथा प्रहरीका हातहतियार लुटपाट गरी आतङ्क फैलाउन संलग्न रहेको प्रहरीको दाबी छ ।
मङ्गलबार पत्रकार सम्मेलन गरी कास्की प्रहरीले घटनामा संलग्नताको आरोपमा १० जनालाई नियन्त्रणमा लिइएको जनाएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जिल्ला प्रहरी कार्यालय कास्कीमा हातहतियार लुटपाट गरी हिँड्ने तथा आगोमा जलाउने कार्यमा संलग्न चारजना, वडा प्रहरी कार्यालय बगर कास्कीमा हतियारको थुप्रो लगाई आगो लगाउने एकजना र प्रहरी चौकी नयाँपुलमा आगलागी गर्ने पाँचजना गरी १० जना पक्राउ परेको जानकारी दिए ।
पक्राउ परेका सबैलाई कास्की जिल्ला अदालतबाट अपराधिक उपद्रवसम्बन्धी मुद्दामा छ दिन म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतले उल्लेख गरे । यसरी पक्राउ पर्नेहरुमा धादिङको त्रिपुरासुन्दरी–४ घर भई हाल पोखरा–४ मानव बस्ने वर्ष २४ को राजेश मक्रान्ती, पोखरा–४ बस्ने वर्ष ५४ को नारायण साई, पोखरा–११ बस्ने वर्ष २२ का अरुण विक, पोखरा–१, कसेरी बस्ने वर्ष ४१ का रुपेश मगर छन् ।
सोही आरोपमा कास्की प्रहरीले पोखरा–१ बस्ने वर्ष ४३ का दिपु साई, अन्नपूर्ण गाउँपालिका–५, नयाँपुल बस्ने वर्ष ४७ का लङबहादुर नेपाली, सोही पालिकाको वडा नम्बर ५ बस्ने वर्ष १९ का अरविन विक, वर्ष ६२ का थमबहादुर सार्की र ४२ वर्षीय पूर्णबहादुर नेपाली छन् । यस्तै, अन्नपूर्ण गाउँपालिका वडा नं. ६ हाइजुङ बस्ने वर्ष २२ का ग्रिस क्षेत्रीलाई पनि प्रहरीले सोही आरोपमा नियन्त्रणमा लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: