Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

रुस–युक्रेन युद्धमा थप ३० नेपालीको मृत्यु पुष्टि, १२५ अझै बेपत्ता

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । रुसी सेनामा भर्ती भएका १०१ नेपाली नागरिकको रुस–युक्रेन युद्धमा मृत्यु भएको पुष्टि भएको छ । रुसको रक्षा मन्त्रालयले नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई पठाएको पछिल्लो विवरणअनुसार १२५ नेपाली अझै बेपत्ता छन् । करिब चार वर्षदेखि रुस–युक्रेन युद्ध जारी छ । 

रुसले यसअघि ७१ नेपालीले ज्यान गुमाएको जानकारी दिए पनि पछिल्लो डिएनए परीक्षणका आधारमा थप ३० जनाको मृत्यु पुष्टि भएको हो । परराष्ट्रको कन्सुलर सेवा विभागमार्फत ४१ जनाका परिवारको डिएनए परीक्षण गरेर विवरण रुस पठाइएकोमध्ये अधिकांशको मृत्यु भएको पुष्टि भएको छ । रुसी सेनामा कार्यरत रहेका आफन्त खोजिदिन माग गर्दै हालसम्म ३५० भन्दा बढी निवेदन विभागमा परेका छन् । 

‘रुसमा रहनुभएकामध्ये १०१ जना नेपाली नागरिकको मृत्यु पुष्टि भएको जानकारी पाएका छौँ । १२५ जनाको अवस्था अज्ञात छ, उहाँहरू बेपत्ता अवस्थामा हुनुहुन्छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मंगलबार भने, ‘मृतकका परिवारको क्षतिपूर्तिका लागि प्रयासरत छौँ ।’

उनका अनुसार मृतकका परिवारमध्ये दुईजनाले क्षतिपूर्ति पाएको अपुष्ट जानकारी भए पनि सरकारलाई यसबारेमा जानकारी छैन । ‘क्षतिपूर्तिको विषयमा रुस सरकार र परिवारले प्रत्यक्ष रूपमा छलफल गर्ने भएका कारण परराष्ट्र मन्त्रालय, कन्सुलर विभाग वा नेपाली राजदूतावासलाई जानकारी छैन,’ प्रवक्ता क्षेत्रीले भने ।

परराष्ट्र अधिकारीहरूका अनुसार मृत्यु भएका नेपालीमध्ये पाँचजनाको अस्तु मात्रै परिवारले नेपालमा पाएको छ । फागुन ०८० मा परिवारको सहमतिमा तीनजना नेपालीको दाहसंस्कार रुसमै भएको थियो । 

परराष्ट्र प्रवक्ता क्षेत्रीका अनुसार मृतक नेपालीहरूको शव पठाउन, नेपालीहरूलाई सेनामा भर्ती नगर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन कूटनीतिक च्यानलमार्फत नेपाल सरकारका तर्फबाट रुस सरकारलाई पहिले नै आग्रह भइसकेको छ । ‘र, बेपत्ता भएकाहरूको अवस्था यकिन गर्न पनि रुस सरकारलाई भनेका छौँ । रुसी सेनामा भर्ती नहुन नेपाली नागरिकलाई आग्रह गर्दै आएका छौँ र अब पनि आग्रह गर्छौँ,’ उनले भने । 

नेपाल सरकारले विगतका सन्धिका आधारमा बेलायती र भारतीयबाहेक अन्य देशका सेनामा नेपाली नागरिक भर्तीका लागि अनुमति नदिइएको स्पष्ट पार्दै आएको छ । अहिले रुसी सेनामा नेपालीको नयाँ भर्ती रोकिएको परराष्ट्र प्रवक्ता क्षेत्रीले बताए । ‘नेपालीहरूको भर्ती अहिले भएको छैन भन्ने जानकारी आएको छ । भर्ती भएकाहरूको पनि करार रद्द गर्न हामीले भनेका थियौँ,’ उनले भने । 

तर, सेनामा भर्ती भएर रुसी नागरिकता लिएका पूर्वनेपाली नागरिकले भने सेवा नवीकरण गरेको सूचना सरकारले पाएको छ । ‘उनीहरू बिदामा नेपाल आएर फर्किने क्रम भइरहेको छ । कतिपयले त परिवार पनि रुस लगेको जानकारी पाएका छौँ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘हाम्रो सूचनाअनुसार अहिले नेपाली नागरिकको नयाँ भर्ती छैन र गरिँदैन भन्ने रुसी आश्वासन छ । रुसी नागरिकता नलिएकाहरूको सैनिक सेवा नवीकरण भएको छैन भन्ने जानकारी छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending