पर्सा। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा दुई खर्ब १८ अर्ब १० करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिए। “वीरगञ्ज नाका हुँदै पछिल्लो तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड मूल्यको सामान भित्रिँदा ५८ अर्ब २३ करोड राजस्व सङ्कलन भएको छ ।” जबकि गत आवको तीन महिनाको सोही अवधिमा एक खर्ब ८३ अर्ब ८७ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो ।
चालु आवको तीन महिनामा यो नाका हुँदै आयातमात्रै नभएर निर्याततर्फ पनि उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । वीरगञ्जनाका हुँदै चालु आवको तीन महिनामा २६ अर्ब ५८ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।
जबकि गत आवको तीन महिनाको सोही अवधिमा आठ अर्ब ८४ करोड मूल्यबराबरका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो । रकमका आधारमा गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १७ अर्ब ७५ करोड बढीले निर्यात भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: