Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

विगतका गल्ती सुधार गर्दै पार्टी एकताको दिशातर्फ फर्किन विप्लवलाई माओवादीका दुई नेताकाे आह्वान

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट पार्टी नेपाल नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेकपा माओवादी केन्द्रका नेताहरूले उनलाई पार्टी एकताको दिशातर्फ फर्किन खुलेआम आग्रह गरेका छन् ।

माओवादी केन्द्रका नेता माधवप्रसाद सापकोटा (सुबोध) ले विप्लवलाई “ढिलो नगरी पार्टी एकता गर्न” सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् । उनले भनेका छन्, “यदि तपाईंले भन्नु भएकै ‘समग्र संघर्षको मोर्चा’ इमानदारीपूर्वक आत्मसात् गर्नुभएको हो भने त्यो मोर्चा बलियो कम्युनिस्ट केन्द्र निर्माणबिना सफल हुँदैन । त्यसैले अब ढिलो नगरी एकता गरौँ ।”

सापकोटाले विगतमा ‘बुलेट कि ब्यालेट’ भन्ने बहसपछि विचार नमिलेर भएको पार्टी विभाजन स्मरण गर्दै, त्यसमा विप्लवको निर्णायक भूमिका रहेको आरोपसमेत लगाएका छन् । 

उनले लेखेका छन्, “तत्कालीन विभाजनमा तपाईंसँगै रहेका धेरै कमरेड अहिले माओवादी पार्टीमै सक्रिय छन् । अब विगतका गल्ती सुधार्ने समय आएको छ ।”

उनले थपेका छन्- “यदि तपाईंको हालको कदममा कुनै भित्री चालबाजी छैन भने, बलियो कम्युनिस्ट केन्द्र निर्माणका लागि तत्काल एकताको पहल अपरिहार्य छ ।”

सापकोटाको यस्तो सार्वजनिक अपिल विप्लव समूहले आगामी निर्वाचनमा भाग लिन तयारी थालेको घोषणासँगै आएको *तातो राजनीतिक सन्देशका रूपमा लिइएको छ । यसैबीच, माओवादी केन्द्रका अर्का नेता राजन दाहालले पनि विप्लवको कदमप्रति तीव्र प्रतिक्रिया जनाएका छन् । 

उनले भनेका छन्— “पार्टी एकताका लागि गठन गरिएको वार्ता टोलीमा नाम र चुनाव चिन्हबारे छलफल अन्तिम चरणमा पुग्दा, त्यही छलफलमा आएको नाम लिएर दल दर्ताको निवेदन दिनु राजनीतिक रूपमा गैरजिम्मेवार कदम हो ।”

दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- “नामको प्रस्तावक को हो, त्यो त अवगत नै होला । वार्ताको निष्कर्ष ननिस्कँदै आयोगमा निवेदन दिंदै हुनु इतिहासप्रति अन्याय हो ।” 

दाहालले विप्लवलाई श्रृंखलाबद्ध प्रश्न उठाउँदै अन्ततः यही बाटोमा आउनु थियो भने जनविश्वास आर्जन गरेको एकताबद्ध पार्टी किन विभाजित गरियो भनेर प्रश्नसमेत गरेका छन् । उनकाे प्रश्न छ ।

नेतृ, कार्यकर्ता र जनताको मनोविज्ञान किन विभाजित गरियो ? श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डलगायत नेताहरूलाई लक्षित गर्दै बम किन बिछ्याइयो ? आफ्नै पार्टीका केन्द्रीय सदस्यहरूको बहुमत निर्णय अस्वीकार गरी “नेकपा (बहुमत)” किन बनाउनु पर्‍यो ? अत्यधिक सदस्य एकताको पक्षमा हुँदाहुँदै फेरि त्यही अवस्था पुनः किन सिर्जना गर्न खोजिएको हो ? वार्ता टोलीमा नाम र चुनाव चिन्हको विषयमा निष्कर्षमा पुग्न लाग्दा त्यसै नाममा दल दर्ता किन गरियो ? विचार मिल्नेसँग वार्ता जारी रहँदा एमाले अध्यक्ष ओलीसँग गोप्य संवाद किन सुरु गरियो ?

दाहालले थपेका छन्- इतिहासप्रति न्याय गर्न आत्मसमीक्षा र कमजोरीको स्वीकारोक्ति गर्नैपर्छ, महोदय ।” यसरी, विप्लवद्वारा दल दर्ताको कदमलाई माओवादी नेताहरूले एकताको अवसर गुमाउने राजनीतिक जोखिमपूर्ण निर्णयका रूपमा व्याख्या गरेका छन् । दुवै नेताले अहिले पनि बलियो र एकीकृत कम्युनिस्ट केन्द्र निर्माणका लागि आत्मसमीक्षा र तत्काल एकताको पहल आवश्यक भएको जोड दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending