Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

खबरडबली संवाददाता

मनाङ । गत सोमबारदेखि परेको हिमपात रोकिएको छ । मौसममा आएको सुधारले विश्वकै अग्लो स्थान (चार हजार ९१९ मिटर) मा अवस्थित तिलिचो ताल घुम्न आएका र थोराङ्ला भञ्ज्याङ (पाँच हजार ४१६ मिटर) पदयात्रामा आएका पर्यटकका लागि सहज बन्दै गएको छ ।

मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो ताल र ८ नम्बर वडास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत थोराङ्ला भञ्ज्याङको पदयात्रामा आएका पर्यटक यात्रामा असहज भएपछि फर्किन थालेका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । उनका अनुसार आज बिहानैदेखि सडकमा थुप्रिएको हिउँ हटाएपछि पर्यटक फर्कन थालेका छन् ।

उनले भने,“तिलिचो आधार शिविर (बेसक्याम्प)बाट सोमबार साँझ फर्किएका पर्यटक भने खाङ्सारमै बसेका छन् ।”काठमाडौँबाट तिलिचो ताल जान आएका पर्यटक शिवराज घिमिरेले खाङसार आइपुग्नेबित्तिकै हिमपात भएको र तालसम्म पुग्न नसकेको बताए ।

उनले भने,“खाङ्सार आइपुगिएको छ, यहाँ आइपुग्नेबित्तिकै हिमपात भयो, हिमपातका कारण हामी माथि तालसम्म पुग्न सकेनौँ ।”

मौसम अनुकूल बन्दै गए पनि माथिल्लो क्षेत्रको यात्रा नगरी फर्कने तयारी गरिरहेका घिमिरेले बताए । खाङ्सारदेखि तल्लो क्षेत्र र माथि तिलिचोतर्फ मौसम विस्तारै खुल्दै गएको उनले जानकारी दिए ।

त्यस्तै मकवानपुरबाट तिलिचो तालको पदयात्रामा आएका मोहन ढकालले भने, “तिलिचो आधार शिविरबाट फर्किएर हुम्देमा बस्यौँ, अहिले मौसममा सुधार आएपछि फर्कदैछौँ, मौसम पनि सुधार भएको छ, तर सवारीसाधन पाउन सकस भएको छ, दुईपाङ्ग्रे सवारीसाधन चलाउन सक्ने अवस्थामा छैन, यहाँका प्रशासन, स्थानीय तहलगायत सुरक्षा निकाय यात्रा सहज बनाउने प्रयासमा जुटिरहनुभएको छ ।” मौसमको जानकारीबिना हिमाली क्षेत्रको यात्रा सहज नरहेको उनको भनाइ छ ।

होटल व्यवस्थापन समिति माथिल्लो मनाङका अध्यक्ष कर्म ओङ्गेल घलेले तिलिचो क्षेत्रबाट झरेका झण्डै दुई सय पर्यटकलाई निजी घर, होटलका कोठा, डाइनिङलगायत ठाउँमा मङ्गलबार राति बस्ने व्यवस्थापन गरिएको जानकारी दिए । उनका अनुसार हिमपातकाबिच पनि व्यवस्थापन गर्दै भ्राकासम्म पर्यटक पठाएर बस्ने व्यवस्था गरिएको थियो ।

पर्यटक आज बिहानैदेखि चामेतर्फ गएका पर्यटन व्यवसायी घ्याम्चो गुरुङले जानकारी दिए । “मौसम केही मात्रामा खुलेको छ, बादल हट्ने क्रममा देखिएको छ, हल्का घाम पनि देखिँदैछ”, उनले भने, “केही आफ्नो मोटरसाइकलमा गन्तव्यतर्फ लागेका छन् भने केही पर्यटकलाई जिपमा व्यवस्थापन गर्दै तल्लो क्षेत्रतर्फ लागेका छन्, केही भने यहीँ छन् ।” 

उनका अनुसार थोराङ्ला पास गर्न आएका केही विदेशी पर्यटक फर्किएका छन् । हालसम्म माथिल्लो मनाङ गाउँबाट एक सय ५० जति पर्यटक फर्किएको उनले बताए ।

जिल्ला विपद व्यवस्थापन समिति प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पौड्यालले हिमपातमा फसेका पर्यटकको उद्धारमा जिल्लामा उपलब्ध भएका सवारीसाधनको उपयोग गरी गन्तव्यतर्फ जाने वातावरण बनाइरहेका बताए ।

उनले भने,“मौसममा सुधार आएपछि एक्साभेटरले काम गर्न र यात्रामा सहज बन्दै गएको छ, दुईपाङ्ग्रे सवारीसाधनलाई यात्रामा सुरक्षित भएर सञ्चालन गर्न सुझावसहित हिँड्न दिएका छौँ ।”

फर्कनका निम्ति अप्ठ्यारोमा परेका पर्यटकलाई चामेसम्म निजी, सार्वजनिक तथा सरकारी सवारीसाधनको उपयोग गरिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए । 

सडक सञ्चालनका लागि जिल्ला प्रशासन, स्थानीय तहलगायत सबै लागिपरेका छन् । अधिकांश स्वदेशी पर्यटक दुईपाङ्ग्रे सवारीसाधन खाङ्सारसम्म आउने र पदयात्रामार्फत तिलिचो ताल जाने गर्दछन् ।

विदेशी पर्यटक भने पदयात्रामा रमाउने भएकाले सुरक्षित अवस्थामा रहेका छन् । दुईपाङ्ग्रे सवारीसाधन हिउँबाट निकालिएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending