टोकियो । अमेरिकी रक्षा मन्त्रालयका प्रमुख पिट हेगसेथले बुधबार जापान–अमेरिका गठबन्धनलाई ‘चिनियाँ सैन्य आक्रामकता रोक्नका लागि अत्यावश्यक’ रहेको बताएका छन् ।
उनका जापानी समकक्षीले यसै अवसरमा जापानको रक्षा खर्च लक्ष्यलाई निर्धारित समयभन्दा अघि हासिल गर्ने योजनाको पुष्टि गरेका छन् ।
हेगसेथको यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीबीच मङ्गलबार टोकियोमा भएको पहिलो प्रत्यक्ष भेटपछि आएको हो । भेटमा सुरक्षा विषय प्रमुख एजेन्डा बनेको थियो ।
हाल जापान र चीनबीच सम्बन्ध चिसिँदै गएको अवस्थामा जापानले आफ्नो सैन्य स्थिति अझ बलियो बनाउने रणनीति अघि बढाइरहेको छ ।
हेगसेथले टोकियोमा जापानी रक्षामन्त्री सिन्जिरो कोइजुमीसँगको संयुक्त पत्रकार सम्मेलनमा भने, “क्षेत्रीय आकस्मिक अवस्थाको सामना गर्न र हाम्रो देशलाई सुरक्षित राख्न, जापानसँग काँधमा काँध मिलाएर हामी हाम्रो गठबन्धनलाई अझ सुदृढ बनाउन चाहन्छौँ ।”
प्रधानमन्त्री ताकाइचीले गत हप्तामात्र आफ्ना नागरिकहरूलाई सम्बोधन गर्दै यस आर्थिक वर्षमै रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई प्रतिशतमा पु¥याउने लक्ष्य हासिल गर्ने प्रतिवद्धता जनाएका थिए । यो प्रारम्भिक योजनाभन्दा दुई वर्ष अगाडि हो ।
संयुक्त राज्य अमेरिकाका करिब ६० हजार सैनिक हाल जापानमा तैनाथ छन् । अमेरिकाले टोकियोलाई अझ बढी रक्षा खर्च बढाउन प्रेरित गर्दै आएको छ, जसले हालै नाटो सदस्य राष्ट्रहरूले तय गरेको पाँच प्रतिशत जिडिपी रक्षा बजेट लक्ष्यसँग समानता देखाउँछ ।
रक्षामन्त्री कोइजुमीले बुधबार टोकियोमा भएको भेटमा आफ्नो देशले लक्ष्य छिट्टै प्राप्त गर्ने बताएका छन्। उनले भने, “हामी यस आर्थिक वर्षमै जिडिपीको दुई प्रतिशतको लक्ष्य पुरा गर्न विशेष कदम चाल्नेछौँ ।”
कोइजुमीले भने, “जापान वरपरका क्षेत्रहरूमा मिसाइल क्षमताहरू उल्लेखनीय रूपमा वृद्धि भइरहेका छन् । त्यसैले, मिसाइल प्रतिरक्षा प्रणालीलाई निरन्तर सुदृढ गर्नु आजको आवश्यकता हो ।”
मङ्गलबार टोकियो नजिकै युएसएस जर्ज वासिङ्टन युद्धपोतमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पसँगै उपस्थित हुँदै प्रधानमन्त्री ताकाइचीले सयौँ अमेरिकी र जापानी नाविकहरूसँग सम्बोधन गर्दै भने, “जापानले अहिले अभूतपूर्व सुरक्षा चुनौतीहरूको सामना गर्दैछ । हामी हाम्रो रक्षा क्षमतालाई मौलिक रूपमा सुदृढ पार्न प्रतिबद्ध छौँ ।”
जापान र अमेरिकाबीचको गठबन्धनलाई एसिया–प्रशान्त क्षेत्रमा सन्तुलन कायम गर्न महत्त्वपूर्ण मानिँदै आएको छ । पेन्टागनको ताजा अभिव्यक्तिले यो साझेदारी चीनको तीव्र सैन्य विस्तारका बीच अझ निर्णायक हुँदै गएको सङ्केत गरेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - २०:२९
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...
पौष १६ गते, २०८२ - २०:२४
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...




प्रतिकृया लेख्नुहोस्: