Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

चीनको ‘आक्रामकता’ रोक्न जापान–अमेरिका सम्बन्ध अत्यावश्यक : पेन्टागन

खबरडबली संवाददाता

टोकियो । अमेरिकी रक्षा मन्त्रालयका प्रमुख पिट हेगसेथले बुधबार जापान–अमेरिका गठबन्धनलाई ‘चिनियाँ सैन्य आक्रामकता रोक्नका लागि अत्यावश्यक’ रहेको बताएका छन् ।

उनका जापानी समकक्षीले यसै अवसरमा जापानको रक्षा खर्च लक्ष्यलाई निर्धारित समयभन्दा अघि हासिल गर्ने योजनाको पुष्टि गरेका छन् ।

हेगसेथको यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीबीच मङ्गलबार टोकियोमा भएको पहिलो प्रत्यक्ष भेटपछि आएको हो । भेटमा सुरक्षा विषय प्रमुख एजेन्डा बनेको थियो ।

हाल जापान र चीनबीच सम्बन्ध चिसिँदै गएको अवस्थामा जापानले आफ्नो सैन्य स्थिति अझ बलियो बनाउने रणनीति अघि बढाइरहेको छ ।

हेगसेथले टोकियोमा जापानी रक्षामन्त्री सिन्जिरो कोइजुमीसँगको संयुक्त पत्रकार सम्मेलनमा भने, “क्षेत्रीय आकस्मिक अवस्थाको सामना गर्न र हाम्रो देशलाई सुरक्षित राख्न, जापानसँग काँधमा काँध मिलाएर हामी हाम्रो गठबन्धनलाई अझ सुदृढ बनाउन चाहन्छौँ ।”

प्रधानमन्त्री ताकाइचीले गत हप्तामात्र आफ्ना नागरिकहरूलाई सम्बोधन गर्दै यस आर्थिक वर्षमै रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई प्रतिशतमा पु¥याउने लक्ष्य हासिल गर्ने प्रतिवद्धता जनाएका थिए । यो प्रारम्भिक योजनाभन्दा दुई वर्ष अगाडि हो ।

संयुक्त राज्य अमेरिकाका करिब ६० हजार सैनिक हाल जापानमा तैनाथ छन् । अमेरिकाले टोकियोलाई अझ बढी रक्षा खर्च बढाउन प्रेरित गर्दै आएको छ, जसले हालै नाटो सदस्य राष्ट्रहरूले तय गरेको पाँच प्रतिशत जिडिपी रक्षा बजेट लक्ष्यसँग समानता देखाउँछ ।

रक्षामन्त्री कोइजुमीले बुधबार टोकियोमा भएको भेटमा आफ्नो देशले लक्ष्य छिट्टै प्राप्त गर्ने बताएका छन्। उनले भने, “हामी यस आर्थिक वर्षमै जिडिपीको दुई प्रतिशतको लक्ष्य पुरा गर्न विशेष कदम चाल्नेछौँ ।”

कोइजुमीले भने, “जापान वरपरका क्षेत्रहरूमा मिसाइल क्षमताहरू उल्लेखनीय रूपमा वृद्धि भइरहेका छन् । त्यसैले, मिसाइल प्रतिरक्षा प्रणालीलाई निरन्तर सुदृढ गर्नु आजको आवश्यकता हो ।”

मङ्गलबार टोकियो नजिकै युएसएस जर्ज वासिङ्टन युद्धपोतमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पसँगै उपस्थित हुँदै प्रधानमन्त्री ताकाइचीले सयौँ अमेरिकी र जापानी नाविकहरूसँग सम्बोधन गर्दै भने, “जापानले अहिले अभूतपूर्व सुरक्षा चुनौतीहरूको सामना गर्दैछ । हामी हाम्रो रक्षा क्षमतालाई मौलिक रूपमा सुदृढ पार्न प्रतिबद्ध छौँ ।”

जापान र अमेरिकाबीचको गठबन्धनलाई एसिया–प्रशान्त क्षेत्रमा सन्तुलन कायम गर्न महत्त्वपूर्ण मानिँदै आएको छ । पेन्टागनको ताजा अभिव्यक्तिले यो साझेदारी चीनको तीव्र सैन्य विस्तारका बीच अझ निर्णायक हुँदै गएको सङ्केत गरेको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: