इस्लामाबाद । पाकिस्तान सरकारले अफगानिस्तानसँग भएको हालको शान्ति वार्ता असफल भएको घोषणा गरेको छ । पाकिस्तानको उक्त घोषणासँगै दुवै देशबीचको वर्षौं पुरानो तनाव पुनः तीव्र बनाएको छ । पछिल्ला हप्तामा भएका सीमा झडप र बम विस्फोटपछि स्थायी युद्धविरामको आशामा गम्भीर धक्का पुगेको बताइएको छ ।
अक्टोबर ९ मा काबुलमा भएको विस्फोटमा ७० जनाभन्दा बढीको मृत्यु र सयौँ घाइते भएपछि तालिबानले पाकिस्तानमाथि दोषारोपण गरेको थियो । त्यसपश्चात् बढ्दो हिंसालाई नियन्त्रण गर्न दुवै पक्षले कतार र टर्कीको मध्यस्थतामा इस्तानबुलमा चारदिने वार्ता गरेका थिए ।
पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले एक्समा लेख्दै भने, “दुर्भाग्यवश, अफगान पक्षले कुनै ठोस आश्वासन दिएन । उनीहरूले मुख्य विषयबाट ध्यान हटाएर दोषारोपण र षड्यन्त्रको बाटो रोजे ।” उनका अनुसार वार्ताले कुनै व्यावहारिक परिणाम ल्याउन सकेन ।
तरारले पाकिस्तानले शान्तिपूर्ण समाधानका लागि गम्भीर पहल गरेको तर काबुलले पाकिस्तानविरुद्ध सक्रिय आतङ्ककारी समूहहरूलाई निरन्तर सहयोग गरेको आरोप लगाए । उनले भने, “हामी आतङ्कवादको खतराबाट जनतालाई जोगाउन आवश्यक सबै उपाय जारी राख्नेछौँ ।”
यसैबीच रक्षामन्त्री ख्वाजा आसिफले पनि चेतावनी दिंदै भने, “यदि पाकिस्तानमा पुनः कुनै आत्मघाती हमला वा आतङ्कवादी आक्रमण भयो भने त्यसको परिणाम कडाइका साथ भोग्नुपर्छ ।”
अफगानिस्तानतर्फबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । तर अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले स्थानीय मिडियालाई भनेका छन्, “हाम्रो जवाफ पाकिस्तानका लागि पाठ र अरूका लागि सन्देश हुनेछ ।”
दुई देशबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा झन् तनावपूर्ण बनेको छ । पाकिस्तानले अफगान भूमिमा रहेका तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) जस्ता समूहहरूलाई तालिबान सरकारले शरण र सहयोग दिएको आरोप लगाउँदै आएको छ । तालिबानले भने यी आरोपहरूलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।
पाकिस्तानी सुरक्षा स्रोतका अनुसार वार्ताको प्रारम्भमा अफगान प्रतिनिधिमण्डलले टिटिपीविरुद्ध कारबाही गर्न सहमति जनाए पनि पछि आफ्नो धारणा परिवर्तन गर्यो । उक्त परिवर्तन काबुलको राजनीतिक निर्देशनपछि आएको दाबी गरिएको छ ।
अक्टोबर ९ को विस्फोट अफगान विदेशमन्त्री अमिर मुत्ताकीको भारत भ्रमणकै बीचमा भएको थियो । त्यसपछि तालिबानले सीमा आक्रमण गरेको र पाकिस्तानले जवाफी कारबाही गरेको थियो । कतार र टर्कीको पहलमा दोहामा भएको वार्तापछि १९ अक्टोबरमा अस्थायी युद्धविराम घोषणा गरिएको थियो, तर त्यसअघि भएको ४८ घण्टे प्रारम्भिक युद्धविराम समेत स्थायी बन्न सकेको थिएन ।
दुई देशबीचको सीमा दुई हप्ताभन्दा बढी समयदेखि बन्द छ । पाकिस्तानले केवल निष्कासित अफगान नागरिकहरूलाई फर्किन अनुमति दिएको छ । अफगान सहर स्पिन बोल्डकमा फलफूल बोकेका ट्रकहरू कुहिन थालेका छन् । चालक गुलले भने, “५०–६० ट्रकहरू रोकिने अवस्थामा छन्, स्याउ र अनार सडिरहेका छन् । हामी सरकारसँग सीमा खोल्न आग्रह गर्छौं ।”
संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनएएमए) का अनुसार गत हप्तामा मात्र अफगानिस्तानमा कम्तीमा ५० नागरिक मारिएका र ४४७ जना घाइते भएका छन् । पाकिस्तानले पनि १२ अक्टोबरमा २३ सैनिकको मृत्यु र २९ जना घाइते भएको पुष्टि गरेको छ, तर नागरिक हताहतको विवरण सार्वजनिक गरेको छैन ।
यो असफल वार्ताले दक्षिण एसियाका दुई इस्लामिक राष्ट्रबीचको सम्बन्ध पुनः सङ्कटमा धकेलेको छ । त्यहाँ दशकौँदेखि चल्दै आएको अविश्वास र सीमा विवाद अझ गहिरो बन्दै गएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: