Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

‘समय नमिलेका कारण’ किमसँग भेट सम्भव भएन-ट्रम्प

खबरडबली संवाददाता

दक्षिण कोरिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो दक्षिण कोरिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटघाट सम्भव नभएको बताएका छन् ।

उनका अनुसार, ‘समयले साथ नदिँदा’ दुवै नेताको भेटको तालिका मिल्न सकेन । ट्रम्पले यसअघि आफ्नो एसिया भ्रमणकै क्रममा किमलाई ‘भेट्न चाहने’ इच्छा व्यक्त गर्नु भएको थियो । यो ह्वाइट हाउसमा आफ्नो अघिल्लो कार्यकालपछि हुने सम्भावित पहिलो भेट हुने थियो । यद्यपि उत्तर कोरियाले सो निमन्त्रणालाई सार्वजनिक रूपमा पुष्टि गरेको छैन् ।

दक्षिण कोरियामा ट्रम्पको आगमन हुनुअघि नै प्योङयाङले पश्चिमी तटबाट क्रुज मिसाइल परीक्षण गरेको घोषणा गरेको थियो । उत्तर कोरियाले यसलाई आफ्ना ‘शत्रुलाई चेतावनी दिने सन्देश’ का रूपमा प्रस्तुत गरेको थियो । “म किम जोङ उनलाई राम्ररी चिन्छु हामीले केवल समय मिलाउन सकेनौँ”, ट्रम्पले सञ्चारकर्मीसँग भने । उनले दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँगको भेटमा कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता कायम गर्ने लक्ष्य राखिएको पनि बताए ।

राष्ट्रपति लीले ट्रम्पको पहलको प्रशंसा गर्दै भने, “किम जोङ उनलाई पठाइएको निमन्त्रणाले कोरियाली प्रायद्वीपमा न्यानो र शान्तिको वातावरण सिर्जना गरेको छ ।” दक्षिण कोरिया अझै प्राविधिक रूपमा उत्तर कोरियासँग युद्धको अवस्थामै रहेको छ । ट्रम्पले यसअघि नै ‘निकट भविष्यमा’ किमसँग भेट्ने अपेक्षा व्यक्त गरेका थिए ।  उनले एयर फोर्स वनमा सञ्चारकर्मीसँग भनेका थिए, “कुनै समय, हामी उत्तर कोरियासँग संलग्न हुने छौँ । मलाई लाग्छ, उनीहरू पनि चाहन्छन्, म पनि चाहन्छु ।”

स्मरणीय छ, ट्रम्प र किमबिच अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालमा तीन पटक उच्चस्तरीय शिखर बैठक भएका थिए । सन् २०१९ मा दुई देशबिचको सीमारेखा डिमिलिट्राइज्ड जोन (डिएमजेड) स्थित पान्मुन्जोममा भएको अन्तिम भेट सर्वाधिक ऐतिहासिक मानिन्छ । त्यो भेटअघि ट्रम्पले ट्विटरमार्फत अचानक निमन्त्रणाको घोषणा गरेका थिए । त्यसपछि दुवै नेताले उत्तर र दक्षिणलाई विभाजन गर्ने कन्क्रिट स्ल्याबमाथि हात मिलाएका थिए ।

सो क्रममा ट्रम्प केही कदम प्योङयाङतर्फ अघि बढ्दै उत्तर कोरियाको भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए । तर उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमको कति भाग त्याग्ने र त्यसको सट्टामा पाउने राहतका विषयमा सहमति हुन नसकेपछि ती वार्ता अन्ततः असफल भए ।

त्यसपछि प्योङयाङले आफूलाई ‘अपरिवर्तनीय आणविक शक्ति सम्पन्न राष्ट्र’ घोषणा गरेको थियो । ट्रम्प र किमबिचको पुनः सम्भावित भेटबारे कूटनीतिक वृत्तमा चासो बढिरहेको भए पनि हालको राजनीतिक र सुरक्षागत परिस्थिति अझै अनुकुल नभएको विश्लेषकहरूले जनाएका छन् । रासस/एएफपी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE