भियतनाम । भियतनामको मध्य क्षेत्रमा आएको बाढीको कारण कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना बेपत्ता रहेको सरकारी समाचार पोर्टलले बुधबार जनाएको छ ।
राष्ट्रिय नागरिक सुरक्षा सञ्चालन समितिको कार्यालयका अनुसार दा नाङ सहरमा छ, ह्यु सहरमा एक र क्वाङ न्गाई प्रान्तमा २ जनाको बाढीको कारण मृत्यु भएको हो ।
बाढी प्रभावित क्षेत्रका अधिकारीहरूसँग बाढीपछिको राहत तथा उद्धार सम्बन्धी बैठकको अध्यक्षता गर्दै भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले मध्य भियतनाममा गम्भीर बाढी आएको तथा धेरै क्षेत्रमा ठुलो वर्षा भएको उल्लेख गरेका छन् ।
कृषि तथा वातावरण मन्त्री ट्रान डुक थाङले हु र दा नाङ सहरका एक लाख १० हजार भन्दा बढी घरपरिवार बाढीबाट प्रभावित भएको बताएका छन्।
प्रधानमन्त्रीले स्थानीय अधिकारीहरूलाई पहिरो तथा आकस्मिक बाढीको जोखिम क्षेत्रमा रहेका बासिन्दाहरूलाई स्थानान्तरण गर्न र प्रभावित समुदायका लागि अत्यावश्यक सामाग्री खाद्यान्न, औषधीका साथै कीटाणुनाशकको पर्याप्त आपूर्ति सुनिश्चित गर्न आग्रह गरेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: