भियतनाम । भियतनामको मध्य क्षेत्रमा आएको बाढीको कारण कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना बेपत्ता रहेको सरकारी समाचार पोर्टलले बुधबार जनाएको छ ।
राष्ट्रिय नागरिक सुरक्षा सञ्चालन समितिको कार्यालयका अनुसार दा नाङ सहरमा छ, ह्यु सहरमा एक र क्वाङ न्गाई प्रान्तमा २ जनाको बाढीको कारण मृत्यु भएको हो ।
बाढी प्रभावित क्षेत्रका अधिकारीहरूसँग बाढीपछिको राहत तथा उद्धार सम्बन्धी बैठकको अध्यक्षता गर्दै भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले मध्य भियतनाममा गम्भीर बाढी आएको तथा धेरै क्षेत्रमा ठुलो वर्षा भएको उल्लेख गरेका छन् ।
कृषि तथा वातावरण मन्त्री ट्रान डुक थाङले हु र दा नाङ सहरका एक लाख १० हजार भन्दा बढी घरपरिवार बाढीबाट प्रभावित भएको बताएका छन्।
प्रधानमन्त्रीले स्थानीय अधिकारीहरूलाई पहिरो तथा आकस्मिक बाढीको जोखिम क्षेत्रमा रहेका बासिन्दाहरूलाई स्थानान्तरण गर्न र प्रभावित समुदायका लागि अत्यावश्यक सामाग्री खाद्यान्न, औषधीका साथै कीटाणुनाशकको पर्याप्त आपूर्ति सुनिश्चित गर्न आग्रह गरेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - २०:२९
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...
पौष १६ गते, २०८२ - २०:२४
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...




प्रतिकृया लेख्नुहोस्: