Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

म्यान्माले जुन्ता-सञ्चालित निर्वाचनमा विदेशी मिडियालाई आमन्त्रण

खबरडबली संवाददाता

याङ्गुन । म्यान्माका निर्वाचन अधिकारीहरूले बुधबार घोषणा गर्दै आगामी जुन्ता-सञ्चालित निर्वाचनलाई अन्तर्राष्ट्रिय मिडियाले प्रत्यक्ष कभर गर्न सक्ने बताएका छन् । यो कदमले विदेशी पत्रकारलाई विवादास्पद चुनावको छानबिन गर्ने स्पष्ट अवसर प्रदान गर्ने बताइएको छ ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) का अनुसार सन् २०२१ मा भएको सैन्य कूपछि म्यान्मामा प्रेस स्वतन्त्रता गम्भीररूपमा सङ्कुचित भएको छ । विद्रोहले गृह युद्धको रूप लिएपछि सेनामाथि धम्की र सेन्सरसिपमार्फत मिडियाको परिदृश्यलाई लगभग नष्ट गरेको आरोप छ ।

विदेशी मिडियाको ठूलो हिस्सा देशबाट बाहिरिएपछि स्थानीय पत्रकारले दमनको भार बेहोर्दै आएका छन् । एएफपी अहिले पनि म्यान्मामा पूर्ण ब्यूरो सञ्चालन गर्ने एकमात्र अन्तर्राष्ट्रिय समाचार संस्था बनेको छ । जुन्ताले आगामी डिसेम्बर २८ देखि सुरु हुने चुनावलाई ‘शान्तिको मार्ग’ को रूपमा प्रस्तुत गरेको छ । 

तर विद्रोहीको नियन्त्रणमा रहेका धेरै क्षेत्रमा मतदान हुन नसक्ने बताइएको छ, जसका कारण आलोचकले यसलाई सैन्य शासनलाई वैधानिकता दिने चालको रूपमा चित्रित गरेका छन् । जुन्ता-नियन्त्रित युनियन निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्थानीय र अन्तर्राष्ट्रिय मिडियालाई चुनाव कभर गर्न अनुमति दिइने छ ।” आयोगले केही हप्ताभित्र चरण बद्धरूपमा मिडिया पहुँच खुलाउने जनाएको छ ।

म्यान्माको सरकारी पत्रिका द ग्लोबल न्यु लाइटमा प्रकाशित सूचनाअनुसार सूचना मन्त्रालयले योग्य अन्तर्राष्ट्रिय मिडिया संस्थाको छनोट र सहयोग गर्नेछ । तर कुन मिडिया संस्थालाई अनुमति दिइने छ र ती कसरी छनोट गरिने छ भन्ने स्पष्ट गरिएको छैन । म्यान्मामा लोकतान्त्रिक सङ्क्रमणको दशकभरि फस्टाएको स्वतन्त्र मिडिया अहिले लगभग नष्टप्रायः अवस्थामा पुगेको छ । 

धेरै समाचार संस्था बन्द भएका छन्, केही विद्रोही नियन्त्रित क्षेत्रमा सरेका छन् र अन्य छिमेकी थाइल्यान्डबाट निर्वासनमा सञ्चालन भइरहेका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सिपिजे) का अनुसार सन् २०२४ सम्म म्यान्मा पत्रकारलाई जेल हाल्ने देश मध्ये विश्वको तेस्रो स्थानमा रहेको थियो ।

अधिकार समूहले आङ सान सुकीलाई अपदस्थ गरी जेलमा राखिएको र उनको लोकप्रिय नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टी विघटन गरिएका कारणले यो चुनाव ‘वैध हुन नसक्ने’ बताएका छन् । जुन्ता-विरोधी प्रदर्शनमा सहभागी हुनेलाई १० वर्षसम्मको जेल सजाय तोकिएको छ । 

कूटनीतिक स्रोतले एएफपीलाई जानकारी दिए अनुसार दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान) ले यसपालि निर्वाचनमा पर्यवेक्षक नपठाउने निर्णय गरेको छ । धेरै अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले आसियानलाई पर्यवेक्षक पठाउन निषेध गर्न आग्रह गर्दै आएका छन् । तिनका अनुसार यस्तो चुनाव स्वतन्त्र वा निष्पक्ष हुने सम्भावना नगण्य छ र त्यसलाई वैधानिकता दिनु म्यान्माको जनमतमाथि अन्याय हुने छ । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending