इलाम । मेची राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार साँझ ७ देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको हो ।
जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधार मोन्था चक्रवतका कारण वर्षा हुने र बाढीपहिरोको प्रकोप हुन सक्ने भएपछि मेची राजमार्गमा जोखिम कम गर्नका लागि रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुराँगाईले जानकारी दिए।
मेची राजमार्गको माइखोला९राजदुवाली० सडक खण्डसहित विभिन्न स्थानमा गत असोज १८ गतेको बाढीपहिरोपछि जोखिम रहेको छ । असोज १८ को बाढीपहिरोले इलाममा ३९ जनाको ज्यान गएको थियो । ३३६ घरमा पूर्ण र ८२८ घरमा आंशिक क्षति भएको थियो ।
बाढीपहिरोले थिलथिल भएको जमिनमा फेरि पहिरो जान सक्ने भएपछि सबै क्षेत्रमा सजकता अपनाइएको छ । इलामको माइजोगमाई गाउँपालिकाले आज र भोली दुई दिनका लागि विद्यालय बन्द गरेको छ । पालिकाले जोखिम कायम रहेकाले बालबालिकाको सुरक्षाका लागि विद्यालय बन्द गरेको गाउँपालिका अध्यक्षक कुश बहादुर थेवेले जानकारी दिए। इलामका अधिकांश स्थानमा बिहानैदेखि सिमसिमे पानी परिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८२ - १०:४७
सर्लाही। सर्लाहीमा कार्यालय प्रमुखहरुको बैठकले अत्यावश्यक कामबाहेक निर्वाचन अवधिभर कर्मचारीहरु बिदामा बस्न नपाउने निर्णय गरेको छ । मङ्गलबार बसेको ज...
फाल्गुन ६ गते, २०८२ - १०:३८
भैरहवा। लुम्बिनी प्रदेशमा दलित अधिकारसम्बन्धी विधेयक विषयगत समितिमा प्रवेश गरेको छ । दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाको स...
फाल्गुन ६ गते, २०८२ - १०:२९
बनेपा। अरनिको राजमार्गअन्तर्गत बनेपा बसपार्क नजिकै टिप्प्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा तनावग्रस्त बनेको छ । बुधबार बिहान करिब ८:१५ बज...
फाल्गुन ६ गते, २०८२ - १०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा ले पार्टी परित्याग गरेकी छन्। हाल पार्टीको केन्द्रीय महिला तथ...
फाल्गुन ५ गते, २०८२ - १७:२२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको खोकनामा देखिएको विवादलाई थाती राख्दै वैकल्पिक स्थानबाट...
फाल्गुन ५ गते, २०८२ - १७:११
गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । दुई निर्वाच...
फाल्गुन ५ गते, २०८२ - १६:५५
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।...
फाल्गुन ५ गते, २०८२ - १६:४७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी मंगलबार दिउँसो तारिख बुझ्न काठ...
फाल्गुन ५ गते, २०८२ - १६:४३
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज प...
फाल्गुन ५ गते, २०८२ - १६:३३
काठमाडौँ । काठमाडौँमा पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक जना कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी स्रोतका अनुसार पक्राउ प...



प्रतिकृया लेख्नुहोस्: