Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

हिमपातले उपल्लो मुस्ताङ भन्सारको सेवा प्रभावित

खबरडबली संवाददाता

मुस्ताङ । प्रतिकुल मौसमका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित भएको छ । 

लिजी–नेचुङ नाका (कोरला)मा तिब्वतको ढोङ्वासेन हुँदै आउने सामानहरू सडकमा बाख्लो हिउँ जमेपछि नाका क्षेत्रमै कन्टेनर सहित मालबाहक सवारीसाधन होल्ड गरिएको छ । 
गएको कात्तिक ४ गतेसम्म भन्सार कार्यालयले ३ अर्ब १४ करोड ४३ लाख ६ हजार ४ सय १ रुपियाँ राजश्व संकलन गरेको थियो । तिहार मनाउन भन्सार एजेन्ड घरमा गएको र हाल हिमपातका कारण नाका क्षेत्रबाट सवारीसाधन भन्सार कार्यालयसम्म आउन सक्ने अवस्था नरहेको भन्सार प्रमुख रमेश खड्काले बताए । 

प्रमुख खड्का भन्छन्, ‘‘भन्सारमा रहेका मालबाहक सवारीसाधन हिमपातका कारण बाहिरिन सकेका छैनन्,अहिले माथिल्लो क्षेत्रबाट सामान लिएर साना सवारीसाधन पनि झर्न समस्या छ ।’’ कार्यालय प्रमुख खड्काले चिनियाँ भन्सार कार्यालयबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयसम्म आउने सडकमा हिउँ पन्छाएर भएपनि सेवा दिने बताए । गएको कात्तिक ४ गतेसम्मभन्सार कार्यालयले १४ सय ९८ विद्युतीय (ईभी) गाडी, पैठारी तर्फ ६ सय ५७ कन्टेनर सहित मालबाहक ढुवानी साधन जाचपासका साथै निकासीतर्फ ७ मा ट्र«क ढुवानी भएको छ ।

समुन्द्रि सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला नाकामा बाख्लो हिमपात भइरहेको छ । विद्युतीय सवारीसाधन बाहेक इलेक्ट्रोनिक्स, विभिन्न तयारी पोसाक लिन गएका मालबाहक ट्रक समेत नाका क्षेत्रमा छन् । भन्सार कार्यालयमा रोकिएका विद्युतीय सवारीसाधनलाई चिसोका कारण सडक मार्गबाट लैजान समस्या भएको छ । 

भन्सार कार्यालयबाट जाँचपास भएका सवारीसाधन समेत १ सय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्डमा अनुकुल मौसम नभएसम्मका लागि समस्या छ । सडकखण्डमा उकालोमा हिउँ पग्लिएर चिप्लो हुदाँ साना सवारीसाधन समेत बिग्रिएर सास्ती हुने गरेको छ ।

कोरला नाकामा ब्यवसाय गर्ने छोसेरका पेमा छिरिङ गुरूङले हाल नाका क्षेत्रमा पर्यटकको आगमन न्यून रहेको अवस्थामा सुनसान जस्तै रहेको बताए । गुरूङले भने,‘‘सामान लिन जाने स्थानीयमात्रै धेरै छन्,यसपटक छिटै हिमपात भएको छ, मौसममा सुधार आएपछि चहलपहल सुरू हुन्छ ।’’ 

जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक १२ गते चिनियाँ भन्सार कार्यालयमा रहेको ब्यापारिक केन्द्रमा ८ जना पुरूष र ६ जना महिला मात्रै ब्यापार गर्न गएका छन् । कोरला नाकामा पर्यटकको चहलपहल घटेपछि ब्यापार गर्न जाने मुस्ताङको संख्या समेत घटेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: