काठमाडौं । नेकपा (एस) को जारी केन्द्रीय कमिटी बैठक नेकपा माओवादी केन्द्रसँगको सम्भावित एकतालाई लिएर तीव्र रूपमा दुई धारमा बाँडिएको देखिएको छ—पुरानो नेतृत्व हटाएर नयाँ मोडेलको एकता खोज्नेहरू र अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमै माओवादीसँग अघि बढ्नुपर्ने मान्नेहरू पनि देखिएका छन् ।
बैठकमा स्थायी कमिटी सदस्य डा. विजय पौडेलले महासचिव घनश्याम भुसालको लाइनलाई समर्थन गर्दै भने, “समाजको मनोविज्ञान शीर्ष नेतृत्वविरुद्ध छ, यो कुरा बुझिनुपर्छ ।” उनले नेतृत्व बिदा गरेर मात्र साँचो एकता सम्भव हुने तर्क गर्दै थपे, “हामी सबै एकताको पक्षमा छौँ, तर पहिला नेतृत्व परिवर्तन गरौँ ।”
पोलिटब्युरो सदस्य अशेष घिमिरेले पनि नेतृत्वको जवाफदेहिता र असफलताको विषय उठाउँदै भने, “५० वर्षदेखि नेतृत्त्व गरिरहेका शीर्ष नेतामाथि जनताको भरोसा हराइसक्यो । अब नयाँ पुस्तालाई अवसर दिने समय आएको छ ।” उनले एमाले अध्यक्ष केपी ओलीविरुद्धको संघर्षमा पार्टीले निर्णायक भूमिका खेल्न नसकेको स्वीकारोक्ति गर्दै नेतृत्व परिवर्तन अपरिहार्य भएको बताए ।
तर अर्का पोलिटब्युरो सदस्य कूलबहादुर कुँवर (अछाम) ले भने विपरीत धारणा राख्दै अध्यक्ष माधव नेपालको मार्गदर्शनमै एकता अघि बढाउनुपर्ने बताए । उनले भने, “माधव नेपालको दिशानिर्देशनबिना वाम एकता सम्भव छैन । एकताको विरोध गर्नेहरू प्रतिक्रान्तिकारी हुन् ।”
केन्द्रीय सदस्य शर्मिला पौडेलले पनि नेपालको “दूरदृष्टि” को प्रशंसा गर्दै एकताको समर्थन गरिन् । यस्तै, यशु लामाले अध्यक्ष नेपालमाथि लागेको मुद्दालाई “राजनीतिक प्रतिशोध” भन्दै पार्टीले सामूहिक रूपमा प्रतिवाद गर्नुपर्ने बताइन् ।
बैठकमा कृष्ण नेपाली, लक्ष्मण लम्साल, प्रेमल खनाल, हिमाल खरेल, कृष्णबहादुर विश्वकर्मा र यादव रायामाझीले पनि आ–आफ्ना धारणा राखे । कृष्ण नेपालीले सर्वसम्मत एकताको पक्षमा जोड दिए ।
एकीकृत समाजवादीकाे बैठकले अब पार्टीको दिशा दुई स्पष्ट ध्रुवमा बाँडिएको प्रष्ट संकेत दिएको छ । एक पक्ष पुरानो नेतृत्व हटाएर नयाँ मोडेलको एकता खोज्ने र अर्काे पक्ष अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमै माओवादी केन्द्रसँग एकता गर्नुपर्ने अडानमा रहेकाे नेताहरुकाे भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: