Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

रामेछापमा झरीले काटेको धानबाली भित्र्याउन समस्या

खबरडबली संवाददाता

रामेछाप । दुई दिनदेखि लगातार परेको वर्षाका कारण धान काटेर बिटा लगाउन ठिक्क पारेको धान खेतमा नै पानीले भिजेपछि रामेछापका किसानहरू चिन्तित बनेका छन् ।

खेतमा लगाइएको धान पाकेर पहेँलपुर भएसँगै रामेछापका किसानले धान काट्न सुरु गरेका थिए । कात्तिकको  दोस्रो हप्ता लाग्दा पनि दिउँसो चर्को घाम लागेका कारण किसानले पानी पर्ला भन्ने कुनै भेउ पाएनन् । जसका कारण खेतमा पाकेको धानबाली काटेर खेतमा नै सुकाएका थिए ।

केहीले काटेको धान समयमा नै बिटा लगाएर अन्नपात घरमा भित्र्याएका थिए । अधिकांश किसानहरूले भने धान काटेर खेतमा नै सुकाएका र बिटा नै लगाउन नपाउँदै पानी परेर धान भिजाएपछि निराश छाएको मन्थली नगरपालिका– ७, भटौलीका कृषक रामचन्द्र शर्माले जानकारी दिए । 

उनले भने, ‘अघिपछि टन्टालपुर घाम लाग्ने गर्दथ्यो । पानी पर्ने कुनै छेकछन्दै थिए । मलगायत धेरै किसानले एकैपटक सयौँ रोपनी खेतमा लगाइएको धान पाकेर पहेँलपुर भएपछि काट्यौँ । धान काटेर खेतमा नै सुकाएका छौँ । केहीले धान बिटा लगाएर भित्र्याए । मलगाएत धेरै किसानले बिटा लगाउन नै पाएनौँ ।’  यो बेमौसमका समयमा पानी परेर धान बाली नष्ट गर्दा सारै दुःख लागेको शर्माले बताए । 

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारत हुँदै नेपालको मध्यभूभाग नजिक आएर पूर्वतर्फ सर्दै सोही चक्रवातको कारण दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ । सो वर्षाका कारण पाकेको धान काटन ठिक्क परेका किसानले धान काट्न पाएनन् भने काटिसकेको धान पनि बिटा लगाउन नपाउँदा किसानले धानसमेत भित्र्याउन पाएनन् । खेतमा दिनरात पाकेको धान काट्न, बिटा लगाउन, धान बोक्न, पराल कुन्यु लगाउन व्यस्त रहने किसान यतिखेर फुर्सदिलो भएको लिखु तामाकोशी गाउँपालिका– ६ की अप्सरा दाहालले बताइन् । 

रामेछापमा धानखेतीको लागि सात हजार ८५९ हेक्टर क्षेत्रफल जमिन उपयुक्त भए तापनि यस वर्ष सात हजार दुई  सय हेक्टर क्षेत्रफलमा मात्रै धानखेती गरिएको छ । गएको वर्ष रामेछापमा सात हजार आठ सय हेक्टर क्षेत्रफलमा धानखेती लगाइएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद दाहालले जानकारी दिए । 

हाल रामेछापको मन्थली नगरपालिकाको मन्थली, भटौली, बारीखेत, खाँदबारी, बोद्ने, खाँडादेवी गाउँपालिकाको माडी, सित्खा फाँट, दोरम्बा शैलुङ गाउँपालिकाको रजमन्टार फाँट, लिखु तामाकोशी गाउँपालिकाको खिम्ती, रातमाटा र रामेछाप नगरपालिकाको साँघुटार फाँटलगायतका क्षेत्रमा उल्लेख्य रूपमा धाखेती गरिँदै आएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending