Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

रामेछापमा झरीले काटेको धानबाली भित्र्याउन समस्या

खबरडबली संवाददाता

रामेछाप । दुई दिनदेखि लगातार परेको वर्षाका कारण धान काटेर बिटा लगाउन ठिक्क पारेको धान खेतमा नै पानीले भिजेपछि रामेछापका किसानहरू चिन्तित बनेका छन् ।

खेतमा लगाइएको धान पाकेर पहेँलपुर भएसँगै रामेछापका किसानले धान काट्न सुरु गरेका थिए । कात्तिकको  दोस्रो हप्ता लाग्दा पनि दिउँसो चर्को घाम लागेका कारण किसानले पानी पर्ला भन्ने कुनै भेउ पाएनन् । जसका कारण खेतमा पाकेको धानबाली काटेर खेतमा नै सुकाएका थिए ।

केहीले काटेको धान समयमा नै बिटा लगाएर अन्नपात घरमा भित्र्याएका थिए । अधिकांश किसानहरूले भने धान काटेर खेतमा नै सुकाएका र बिटा नै लगाउन नपाउँदै पानी परेर धान भिजाएपछि निराश छाएको मन्थली नगरपालिका– ७, भटौलीका कृषक रामचन्द्र शर्माले जानकारी दिए । 

उनले भने, ‘अघिपछि टन्टालपुर घाम लाग्ने गर्दथ्यो । पानी पर्ने कुनै छेकछन्दै थिए । मलगायत धेरै किसानले एकैपटक सयौँ रोपनी खेतमा लगाइएको धान पाकेर पहेँलपुर भएपछि काट्यौँ । धान काटेर खेतमा नै सुकाएका छौँ । केहीले धान बिटा लगाएर भित्र्याए । मलगाएत धेरै किसानले बिटा लगाउन नै पाएनौँ ।’  यो बेमौसमका समयमा पानी परेर धान बाली नष्ट गर्दा सारै दुःख लागेको शर्माले बताए । 

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारत हुँदै नेपालको मध्यभूभाग नजिक आएर पूर्वतर्फ सर्दै सोही चक्रवातको कारण दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ । सो वर्षाका कारण पाकेको धान काटन ठिक्क परेका किसानले धान काट्न पाएनन् भने काटिसकेको धान पनि बिटा लगाउन नपाउँदा किसानले धानसमेत भित्र्याउन पाएनन् । खेतमा दिनरात पाकेको धान काट्न, बिटा लगाउन, धान बोक्न, पराल कुन्यु लगाउन व्यस्त रहने किसान यतिखेर फुर्सदिलो भएको लिखु तामाकोशी गाउँपालिका– ६ की अप्सरा दाहालले बताइन् । 

रामेछापमा धानखेतीको लागि सात हजार ८५९ हेक्टर क्षेत्रफल जमिन उपयुक्त भए तापनि यस वर्ष सात हजार दुई  सय हेक्टर क्षेत्रफलमा मात्रै धानखेती गरिएको छ । गएको वर्ष रामेछापमा सात हजार आठ सय हेक्टर क्षेत्रफलमा धानखेती लगाइएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद दाहालले जानकारी दिए । 

हाल रामेछापको मन्थली नगरपालिकाको मन्थली, भटौली, बारीखेत, खाँदबारी, बोद्ने, खाँडादेवी गाउँपालिकाको माडी, सित्खा फाँट, दोरम्बा शैलुङ गाउँपालिकाको रजमन्टार फाँट, लिखु तामाकोशी गाउँपालिकाको खिम्ती, रातमाटा र रामेछाप नगरपालिकाको साँघुटार फाँटलगायतका क्षेत्रमा उल्लेख्य रूपमा धाखेती गरिँदै आएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: