हुम्ला । लागूऔषधको बिक्रीवितरण, सेवन तथा ओसारपसार नियन्त्रणका लागि सुरक्षा समितिसहित सरोकार भएका निकायका प्रतिनिधिबिच बैठक सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लामा आज प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सुरक्षा समितिसहित सरोकार भएका निकायका प्रतिनिधिबिचको बैठकले लागूऔषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
साथै जिल्ला प्रहरी कार्यालयले सबै स्थानीय तहसँग समन्वय गरी विद्यालय, क्याम्पस, वडा र टोलमा लागूऔषध नियन्त्रण सम्बन्धमा जनचेतानामूलक कार्यक्रमलाई तीव्रता दिने, जिल्लाभित्र लागूऔषधकोे प्रयोग नियन्त्रण गर्न सुरक्षा निकायबीच समन्वय र सहकार्य गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा रहेका रेडियो तथा अन्य सञ्चारमाध्यमबाट लागूऔषधको प्रयोगले हुने हानी तथा नियन्त्रणका सम्बन्धमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको प्रजिअ रेग्मीले उल्लेख गरे ।
उनका अनुसार बैठकमा नेपाल–चीन व्यापारका लागि सीमा अनुमतिपत्रका विषयमा पनि छलफल भएको छ । साथै चीनको ताक्लाकोट र सीमा क्षेत्रमा व्यापार, व्यवसाय गर्न चाहनेले अन्य क्षेत्रबाट हुम्लामा बसाइँसराइ गरेको कागज पेस गर्नुपर्ने उक्त बैठकले निर्णय गरेको उनले बताए ।
‘अन्य जिल्लाबाट जारी गरिएको नागरिकता स्पष्ट बुझिने हुनुपर्ने, नागरिकता अन्य निकायमा पेस गर्न मिल्ने हुँदासम्म प्रतिलिपि जारी नगर्ने, नागरिकता प्रतिलिपि जारी गर्दा एकल बसाइँसराइ गरी आउने परिवारको सदस्यबाट सनाखत गराउनुपर्नेलगायत निर्णय बैठकले गरेको छ’, प्रजिअ रेग्मीले भने ।
बैठकमा विभिन्न पार्टीका प्रतिनिधि, नागरिक समाज, पत्रकार, स्थानीय सरकारका प्रतिनिधि र चीनको ताक्लाकोटका प्रतिनिधिको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - २०:२९
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...
पौष १६ गते, २०८२ - २०:२४
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...




प्रतिकृया लेख्नुहोस्: