काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीलाई महाधिवेशन र आसन्न निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले अधिकांश सदस्यले नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखेको जानकारी दिए । उनका अनुसार केही सदस्यले भने अबको प्राथमिकता राष्ट्रिय निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् ।
डा. महतले भने, “विशेष अधिवेशन वा नियमित अधिवेशनबारे छलफल भएको छ । धेरैजसो साथीहरूले नियमित अधिवेशनमै जानुपर्ने सुझाव दिए । तर निर्वाचनको मिति तय भइसकेकाले पहिले राष्ट्रिय निर्वाचनलाई प्राथमिकता दिऔं, त्यसपछि अधिवेशनमा जाऔं भन्ने मत पनि राखिएको छ ।”
उनका अनुसार बैठकमा देशमा देखिएको समग्र राजनीतिक संकट, त्यसबाट निस्कने उपाय र निर्वाचनका लागि शान्ति–सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्ने विषयमा पनि व्यापक छलफल भएको थियो ।
“संवैधानिक पुनर्स्थापनासम्बन्धी विषय र त्यसका सम्भावनाबारे पनि सदस्यहरूले कुरा गर्नुभयो,” प्रवक्ता महतले भने, “यदि निर्वाचनका लागि अनुकूल परिस्थिति बने भने पार्टी त्यसमा सहभागी हुन तयार छ ।”
बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह लामा तामाङ, रमा कोइराला, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि.क., लक्ष्मी खतिवडा, आमन्त्रित सदस्य पुष्पराज पराजुली, तथा प्रदेश सभापति इन्द्रबहादुर बाँनिया (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले धारणा राखेका थिए ।
कांग्रेस केन्द्रीय समितिको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: