Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

मध्यवर्ती क्षेत्रका उपभोक्ताले नदीजन्य पदार्थ प्रयोग गर्न पाउने

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका उपभोक्ताहरुले घरायसी प्रयोजनका लागि नदीजन्य पदार्थ (ढुङगा, गिट्टी, बालुवा)प्रयोग गर्न पाउने भएका छन् ।

सर्वोच्च अदालतको अन्तरिम आदेश पश्चात उपभोक्ताले नदीजन्य पदार्थ घरायसी प्रयोजनका लागि प्रयोग गर्न पाउने भएका हुन् । चार वर्षअघि नियम विपरीत राजस्व लिएर नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्दै अदालतमा मुद्दा परेपछि नदीजन्य पदार्थको प्रयोगमा रोक लागेको थियो ।

“उपभोक्ताको अधिकार हनन भएको कुरा सर्वोच्च अदालत समक्ष राख्यौंँ”, सुनदेवी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले भने, “अदालतले मर्का बुझेपछि उपभोक्ताको हितमा हुने गरी अन्तरिम आदेश जारी गरेपश्चात नदीजन्य पदार्थमा लगाइएको रोक हटेको छ ।”

नदीजन्य पदार्थमा रोक लगाइएपछि उपभोक्ताले घर निर्माण लगायतका अन्य भौतिक पूर्वाधार निर्माण गर्दा दुई हजार प्रतिट्रली पर्ने ढुङगा, गिट्टी, बालुवाको छ हजारदेखि आठ हजारसम्म तिर्न बाध्य रहँदै आएको उनले बताए । नदीजन्य पदार्थमा लगाइएको रोक हटेसँगै उपभोक्ताले सहजरुपमा नदीजन्य पदार्थ घरायसी प्रयोजनका लागि प्रयोग गर्न पाउने भएको उनको भनाइ रहेको छ ।

उनका अनुसार निकुञ्जका नौ वटै मध्यवर्ती समिति अन्तगर्तका ४८ सामुदायिक वनका २० हजार बढी बासिन्दाले नदीजन्य पदार्थको प्रयोग गर्न पाउने छन् । नदीजन्य पदार्थ उत्खननका लागि निकुञ्जले यस अघिनै वातावरणीय प्रभाव मूल्याङ्कन९इआइए०को कार्य यसअघि नै गरेकाले त्यसै अनुरुप नदीजन्य पदार्थ उपलब्ध हुने समितिका सचिव दामोदर जोशीले बताए ।

“सो कुरा मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने सामुदायिक वनका पञ्चवर्षीय कार्य योजनामा उल्लेख गरिएको छ”, उनले भने, “यसका लागि निर्देशिकासमेत निर्माण गरिएको छ ।” उनका अनुसार नदीजन्य पदार्थ मध्यवर्ती क्षेत्रअन्तर्गत रहेका समितिको सिफारिसमा सामुदायिक वनले उपभोक्तालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

मध्यवर्ती क्षेत्रका उपभोक्ताले नदीजन्य पदार्थ आवश्यकताका आधारमा प्रयोग गर्न पाउने भए पनि भण्डारण (थुप्रो) गरेर राख्न नपाउने र अन्यलाई बेच्न भने पाउने छैनन् । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीले जारी गर्नुभएको सूचनामा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गत असोज ३१ गतेको निर्णयानुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने उपभोक्ताका लागि घरायसी प्रयोजनका लागि नदीजन्य पदार्थ प्रयोग गर्न सम्बन्धित उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताका माग सम्बोधन गरिएको छ ।

यही कात्तिक १६ गतेदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति नियमावली २०५२ र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको निर्णय तथा अन्य प्रचलित ऐन तथा नियमको परिधिभित्र रही नियमानुसारको राजस्व लिएर सो कार्य गराउन अनुरोध गरिएको छ ।

मध्यवर्ती क्षेत्रका उपभोक्ताले वर्षांैपछि नदीजन्य पदार्थ प्रयोग गर्न पाउने निर्णय स्वागतयोग्य रहेको शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले बताए ।

“नदीजन्य पदार्थ सहज रुपमा उपलब्ध नहुँदा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने उपभोक्तालाई निकै असहजता थियो”, उनले भने, “नदीजन्य पदार्थकै अभावमा वडाका धेरै परिवारले घर निर्माण गर्न सकेका छैनन्, केहीका घर निर्माणका कार्य अधुरा रहेका थिए, निकुञ्जले नदीजन्य पदार्थमा लगाएको रोक हटेसँगै स्थानीय बासिन्दालाई निकै सहुलियत हुने भएको छ ।”

मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने शुक्लाफाँटा वडा नं ६ का वडाध्यक्ष दानसिंह ऐरले मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन नगरिँदा नजिकका बस्ती निकै जोखिममा रहेको बताए । “नदीजन्य पदार्थ थुप्रिएर खोला तथा नदी बस्तीभित्रै पस्ने प्रवल सम्भावना थियो”, उनले भने, “नदीजन्य पदार्थ थुप्रिँदा वर्षाका बेला खोला, नदी थुनिएर बाढी बस्तीमा पसेर निकै ठूलो क्षति हुने सम्भावना प्रवल बनेको थियो, नदीजन्य पदार्थ प्रयोग गर्न पाउने निर्णयसँगै त्यो जोखिम हटने विश्वास लिएका छौँ ।”

चुरे भएर बग्ने नदी, खोला र खेतीयोग्य जग्गाको सतह बराबर हुन पुगेपछि खेतीयोग्य जग्गा बगरमा परिणत हुदै आएको उनको भनाइ छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: