Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

लुभ्रको गहना चोरीमा मुख्य सहित पाँच जना नयाँ संदिग्ध पक्राउ

खबरडबली संवाददाता

पेरिस । फ्रान्सेली प्रहरीले विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयमा यस महिनाको चर्चित गहना डकैतीमा संलग्न ठानिएका पाँच जना नयाँ व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एकजना मुख्य अभियुक्त रहेको पेरिसका सार्वजनिक अभियोजक लरा बेकुआउले बिहीबार जानकारी दिए ।

अभियोजक बेकुआउका अनुसार ती मुख्य संदिग्धमाथि प्रहरीले लामो समयदेखि निगरानी राखिरहेको थियो । उनले भने, “हामीले उसलाई हाम्रो नजरमा राखेका थियौँ ।”

करिब १० करोड २० लाख अमेरिकी डलर मूल्य बराबरका चोरी गरिएका गहनामध्ये कुनै पनि वस्तु हालसम्म बरामद गर्न नसकिएको उनले बताए ।

बेकुआउका अनुसार डिएनए प्रमाणले उक्त मुख्य अभियुक्तलाई अक्टोबर १९ मा भएको निर्भीक चोरीसँग सीधा रूपमा जोडेको छ । ती व्यक्ति चार सदस्यीय टोलीका एक थिए, जसले अत्याधुनिक उपकरण र योजनाबद्ध तरिकाले चोरीको कार्य सञ्चालन गरेका थिए ।

अभियोजकले भने, “अन्य पक्राउ परेकाहरू ती व्यक्तिहरू हुन्, जसले घटनाको क्रम र सञ्चालनबारे अनुसन्धानकर्तालाई उपयोगी जानकारी दिन सक्ने सम्भावना छ । अहिले नै विस्तृत विवरण दिनु उचित हुने छैन ।”

पाँचैजनालाई बुधबार पेरिस र वरपरका क्षेत्रमा, विशेष गरी राजधानी बाहिर रहेको सेन–सेन्ट–डेनिस क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि गत शनिबार पक्राउ परेका दुई अन्य व्यक्तिलाई पनि बुधबार चोरी र आपराधिक षड्यन्त्रको आरोप लगाइएको अभियोजन कार्यालयले जनाएको छ । ती दुवै जनाले ‘आंशिक रूपमा’ आरोप स्वीकार गरेका छन् र उनीहरूलाई पूर्व–परीक्षण हिरासतमा राखिएको छ ।

फ्रान्सेली प्रहरीका अनुसार दर्जनौँ जासुसको टोली अहिले पनि ती चारजना मुख्य चोरहरूको खोजीमा खटिएको छ । ती व्यक्तिहरूले चल्ती लिफ्ट र काट्ने उपकरणयुक्त ट्रकको प्रयोग गरी सङ्ग्रहालयको पहिलो तलाको ग्यालरीमा प्रवेश गरेर आठवटा अत्यन्त बहुमूल्य गहना लिएर भागेका थिए ।

चोरी गरिएका वस्तुमध्ये एक पन्ना र हीराले जडित हार पनि रहेको बताइएको छ । यो नेपोलियन प्रथमले आफ्नी पत्नी महारानी मेरी–लुइसलाई उपहार दिएका थिए । त्यसैगरी, महारानी युजेनीको मुकुट पनि चोरी भएको पुष्टि भएको छ । यसमा करिब दुई हजार हीरा जडित छन् ।

फ्रान्सेली अधिकारीहरूले चोरीमा संलग्न सम्पूर्ण समूहको पहिचान र चोरी गरिएका अमूल्य ऐतिहासिक गहनाको पुनः प्राप्तिका लागि विस्तृत अनुसन्धान जारी रहेको बताएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending