काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा विभाजन भएको छ । पार्टीभित्र लामो समयदेखि चल्दै आएको असन्तुष्टि अन्ततः टुटफुटमा परिणत भएको हो ।
विप्लवले पछिल्ला महिनाहरूमा क्रान्तिकारी धारको पार्टीहरूभन्दा पनि नेकपा (एमाले)सँग निकटता बढाएको आरोप खेपिरहेका थिए । यही ‘एमालेपन्को’ र विचारगत विचलनकै कारण असन्तुष्ट समूहले पार्टीबाट टुटेर नयाँ संरचना घोषणा गरेको छ ।
काठमाडौंमा आज सम्पन्न राष्ट्रिय भेलाले मिलन सीको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय समिति गठन गर्दै पार्टी पुनर्गठन गरेको घोषणा गरेको छ । भेला मार्फत मिलन सी सर्वसम्मत महासचिव चयन भएका छन् ।
नवनिर्वाचित महासचिव मिलन सीले कुरा गर्दै भने, “विप्लवको नेतृत्वमा रहेको पार्टी अब क्रान्तिको बाटोमा छैन, उनीहरू सत्तासँग सौदा गर्न र अवसर खोज्न व्यस्त छन् । त्यसैले हामीले सिद्धान्त, विचार र आन्दोलनलाई पुनः जोगाउन नयाँ बाटो लिनुपर्यो ।”
शरद सीलगायत केन्द्रीय सदस्यहरूले पनि विप्लवमाथि पार्टीको मूल लक्ष्य र म्याण्डेट विपरीत काम गरेको आरोप लगाएका छन् । उनका अनुसार हालै सम्पन्न केन्द्रीय समितिको निर्णय र बहुमतको मतलाई बेवास्ता गर्दै विप्लवले स्वेच्छाचारी शैलीमा पार्टी चलाउँदै आएका थिए । “विप्लवले १२ वर्षअघि सशस्त्र बाटो परित्याग गरे पनि त्यसपछि पार्टीलाई संसदीय दलहरूसँग मिलाउने दिशामा लैजाँदैछन्,” शरद सीले भने, “हामीले त्यस विरोधमा राष्ट्रिय भेला गरेर पार्टीलाई फेरि क्रान्तिकारी मार्गमा फर्काउने संकल्प गरेका छौं ।”
विप्लव नेतृत्वमाथि हालका गतिविधिले ‘क्रान्तिबाट सम्झौतामा’ पुगेको आरोप लाग्दै आएको छ । उनी पछिल्ला महिनाहरूमा एमाले नेताहरूसँगको बारम्बारको भेट, संयुक्त वक्तव्य र स्थानीय तहमा ‘सहकार्यको प्रयास’मा देखिन थालेका थिए । यसले पार्टीभित्र गम्भीर असन्तुष्टि उत्पन्न गरेको असन्तुष्ट पक्षको दाबी छ ।
नयाँ नेतृत्व समूहले भोलि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो राजनीतिक दस्तावेज, कार्ययोजना र संगठनात्मक रणनीति सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । मिलन सी पक्षको दाबी अनुसार, अहिले पार्टीका बहुमत केन्द्रीय सदस्य, अधिकांश जिल्ला इन्चार्ज र जनसंगठनका प्रमुखहरू उनीहरूको साथमा रहेका छन् ।
यससँगै, नेत्रविक्रम चन्द ‘विप्लव’को राजनीतिक यात्रामा अर्को टुटफुट थपिएको छ, जसले उनको नेतृत्व क्षमता र विचारगत स्थायित्वमाथि नयाँ प्रश्न खडा गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: