सिरहा । यहाँको लहान नगरपालिका–३ स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको स्तरोन्नति गरी आधुनिक सेवा विस्तार भए पनि जग्गा रजिष्ट्रेशन नहुँदा भौतिक संरचना निर्माणका काम रोकिएका छन् ।
अस्पतालमा हाल आधुनिक प्रयोगशाला, डायलाइसिस र विभिन्न विभागका चिकित्सकहरूको सक्रियतामा दैनिक ३०० भन्दा बढी बिरामीको जाँच भइरहेको छ । १५ शय्याबाट एक सय शय्यामा विस्तार भएको अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा अवरोध भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रञ्जितकुमार झाले बताए ।
उनका अनुसार अस्पतालको जग्गा रजिष्ट्रेशनका लागि लाग्ने लाभकर मिनाहाका लागि सङ्घीय सरकारको अर्थ मन्त्रालयमा सिफारिस गरिएको एक वर्ष नाघिसक्दा पनि निर्णय हुन सकेको छैन । “लाभकर मिनाहाको निर्णय नभएकै कारण रजिष्ट्रेशन गर्न सकिएको छैन”, उनले भने । वि.सं. २०३७ मा लहानका दाताद्वय रामकुमार शारडा र उमाप्रसाद मुरारकाका परिवारले अस्पतालका लागि एक बिघा १५ कठ्ठा जग्गा दिएका थिए ।
दाता परिवारको तर्फबाट मुरारीलाल मुरारका जग्गा अस्पतालकै नाममा रजिष्ट्रेशन गर्न तयार भए पनि त्यसका लागि रु एक करोड ३१ लाख ५५ हजार ८९६ लाभकर लाग्ने भएपछि मिनाहाका लागि पहल भइरहेको अस्पताल विकास समितिका अध्यक्ष राम नारायण मेहताले जानकारी दिए ।
“यो लाभकर मिनाहा हुन सकेमा जग्गा अस्पतालकै नाममा दर्ता भई थप पूर्वाधार विकासको बाटो खुल्नेछ”, अध्यक्ष मेहताले भने, “हाल कर मिनाहा नभएकै कारण जीर्ण भवन मर्मत, चिकित्सक आवास, नयाँ भवन निर्माण र सिटी स्क्यान सञ्चालनजस्ता योजना अघि बढ्न सकेका छैनन् ।”
उनका अनुसार अस्पताल विकास समितिले प्रदेश, सङ्घ र स्थानीय सरकारसँग निरन्तर समन्वय गरी रजिष्ट्रेशन प्रक्रिया छिटो टुङ्ग्याउने गृहकार्य अघि बढाइरहेको छ । सिरहा, सप्तरी र उदयपुर जिल्लाका बिरामीका लागि सेवा दिइरहेको यो अस्पताल क्रमशः तीन जिल्लाको स्वास्थ्य सेवाको केन्द्र बन्दै गएको छ ।
बिरामीको चाप बढ्दै जाँदा अस्पतालको स्तरोन्नति र आवश्यक पूर्वाधार निर्माणका लागि स्थानीयवासीहरूले सक्रियता देखाउन थालेका छन् । स्थानीय सरोकारवाला, जनप्रतिनिधि र नागरिक समाजले अस्पतालको जग्गा रजिष्ट्रेशन तत्काल गर्न माग गर्दै निरन्तर दबाब दिइरहेका छन् ।
यसैबिच गत मङ्गलबार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता गृह जिल्ला आउँदा अस्पताल प्रशासन र यहाँका जेनजी युवाहरूले संयुक्त रूपमा मन्त्रीलाई अस्पतालको जग्गा राजस्व कर मिनाहा गरी अस्पतालकै नाममा पास गर्न आवश्यक पहल गरिदिन ध्यानाकर्षण पत्र बुझाएका थिए ।
अध्यक्ष मेहताका अनुसार मन्त्री गुप्ताले यस विषयमा साझा पहल आवश्यक रहेको बताउँदै मन्त्रिपरिषद् बैठकमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - २०:२९
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...
पौष १६ गते, २०८२ - २०:२४
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...




प्रतिकृया लेख्नुहोस्: