रसुवा । पर्यटकीयस्थलका रुपमा परिचित रसुवाको लाङटाङ तथा क्याङ्जेन क्षेत्रमा हल्का हिमपात भएसँगै पर्यटक रमाएका छन् । दुई दिनदेखि लगातार परेको वर्षापछि त्यस क्षेत्रमा हिमपात पर्दा घुम्न गएका पर्यटक रमाइरहेको देखिन्छ ।
गोसाईंकुण्ड गाउँपालिका–४ का अध्यक्ष ढिण्डुप तामाङले अहिले लाङटाङ क्षेत्रमा ६० जना विदेशीसहित करिब १५० पर्यटक रोमाञ्चित बन्दै हिमपातको वातावरणबिच रमाइरहेको जानकारी दिए ।
खाद्यान्नको जोहो पहिला नै भइसकेका कारण आगन्तुक पाउनालाई खान बस्न कुनै समस्या नभएको लाङटाङ पदमार्गका व्यवसायीले बताएका छन् ।
यसैबिच मौसमसम्बन्धी विस्तृत जानकारी लिएर मात्र लाङटाङलगायत हिमाली भेगको पदमार्गमा यात्रा गर्न रसुवा जिल्ला विपद् व्यवस्थापन समितिले अनुरोध गरेको छ । हिमपातसँगै अत्यधिक चिसो हुने हुँदा न्यानो ज्याकेट, सुइटर, टाउजरलगायतका कपडा एवं हिमाली बुट जुत्ता लगाएर पदयात्रामा निस्कन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
तपस्वी बाबा विजयका अनुसार समुद्र सतहदेखि चार हजार ३०० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाईंकुण्ड क्षेत्रमा अहिले छ इन्च बाक्लो हिमपात भएको भएको छ ।
गोसाईंकुण्ड जाने बाटोमा पर्ने लौरी विनायकसम्म हिमपात भएको र विशेषगरी आन्तरिक तथा धार्मिक पर्यटकहरू त्यसक्षेत्रमा रमाइरहेको चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - २०:२९
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...
पौष १६ गते, २०८२ - २०:२४
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...




प्रतिकृया लेख्नुहोस्: