काठमाडौँ । पशुपतिनाथका मूलअर्चक गणेश भट्टले स्थानीय गाई संरक्षणको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा ‘गो संरक्षण सहस्र’ अर्चना गरेका छन् ।
गोपाष्टमी पर्वका अवसरमा गोवंश संरक्षण अभियानले बुधबार गोरखा जिल्लाबाट सुरु गरेको गो संवर्द्धन रथयात्रा पशुपतिनाथ आइपुगेपछि आज बिहान पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरिएको हो । पशुपतिनाथको ज्योतिर्लिङ्ग चर्ने क्रममा स्थानीय गाईले पत्ता लगाएको धार्मिक विश्वास छ ।
गोरखाको पालुङटार नगरपालिका-७ च्याङ्ली, चुँदीघाटमा रहेको ओमकार योग आयुर्वेद गुरुकुलको संयोजनमा बुधबार बिहान ८ः ०० बजेको साइतमा गोरखा दरबार क्षेत्रस्थित गोरखनाथ र गोरखकाली मन्दिरमा पूजा आराधना गरी गो संवर्द्धन यात्रा सुरु भएको थियो । यात्राका क्रममा आज बिहान मैतीदेवीस्थित गोदा वेणुगोपाल मन्दिरमा गाईको पूजा आराधना गरी राजधानीका विभिन्न भागमा घुमाइएको थियो ।
थापाथलीस्थित राम मन्दिर र गोरखनाथ मन्दिर परिसरमा पनि गोरखाबाट ल्याइएको स्थानीय गाईको विधिपूर्वक पूजा आराधना गरिएको थियो । आज बिहान पशुपतिनाथ मन्दिरसम्म यात्रा गरी मूल भट्टले पूजा आराधनासहित गाई संरक्षणको कामना गरिएको थियो ।
यात्रा सकिएसँगै स्थानीय गाईको संरक्षणका लागि राष्ट्रिय समिति गठन गरिने कार्यक्रम संयोजक एवं ओमकार योग आयुर्वेद गुरुकुलका प्राचार्य आचार्य गोविन्द रेग्मीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - २०:२९
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...
पौष १६ गते, २०८२ - २०:२४
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...




प्रतिकृया लेख्नुहोस्: