Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

मुम्बई विमानस्थलमा जाँच गरिएको झोलाभित्र दुई लुप्तप्राय लङ्गुर बरामद, एक पक्राउ

खबरडबली संवाददाता

भारत । भारतका भन्सार अधिकारीहरूले मुम्बईको विमानस्थलमा तस्करी हुँदै ल्याइएका दुर्लभ जनावरहरू जफत गरेका छन् । जाँच गरिएको झोलाभित्र दुईवटा लुप्तप्राय ‘सिल्भरी लङ्गुर’ फेला परेपछि एक जना विमान यात्रुलाई पक्राउ गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

भन्सार विभागका अनुसार ती जनावरहरू मलेसियाबाट थाइल्यान्ड हुँदै भारत ल्याइएका थिए । यात्रुलाई वन्यजन्तु तस्करीमा संलग्न ‘अन्तर्राष्ट्रिय सिन्डिकेट’ को सदस्य रहेको शङ्का गरिएको छ । विशेष खुफिया सूचनाका आधारमा बिहीबार मुम्बई विमानस्थलमा उनको झोलाको तलासी लिँदा दुई लङ्गुर भेटिएका थिए ।

तीमध्ये एक लङ्गुर मृत फेला परेको थियो भने अर्को जीवित भेटिएको थियो । भन्सार विभागले सेयर गरेको भिडियोमा बाँचेको लङ्गुरलाई अफिसरको हातमा झुकेको अवस्थामा देख्न सकिन्छ, जसले आफ्नो अनुहार हातले ढाक्दै बिस्तारै हल्लिरहेको दृश्य मन छुने रहेको छ ।

भन्सार अधिकारीहरूले जनावरहरूलाई टोकरीमा लुकाएर राखिएको र ती भारतमा बिक्रीका लागि ल्याइएको बताए । अहिले जीवित लङ्गुरलाई पशु चिकित्सकको निगरानीमा राखिएको छ ।

वन्यजन्तु संरक्षण निकाय ‘ट्राफिक’ ले यसअघि विदेशी घरपालुवा जनावरको व्यापारद्वारा प्रेरित तस्करीको ‘अत्यन्त चिन्ताजनक वृद्धि’ भएको चेतावनी दिएको थियो । पछिल्ला साढे तीन वर्षमा मात्रै थाइल्यान्ड–भारत हवाई मार्ग हुँदै सात हजारभन्दा बढी जीवित र मृत जनावर जफत गरिएको ट्राफिकको तथ्याङ्कले देखाउँछ ।

सिल्भरी लङ्गुर इन्डोनेसियाको जाभा टापुका वर्षावनमा बसोबास गर्ने सानो प्राइमेट हो । इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरका अनुसार जङ्गलको क्षति, सिकार र घरपालुवा जनावरको अवैध व्यापारका कारण उनीहरू विलुप्तिको जोखिममा परेका छन् । हाल विश्वभर बाँचेका सिल्भरी लङ्गुरको सङ्ख्या अनुमानित रूपमा केवल दुई हजार ५०० देखि चार हजार बीच रहेको बताइन्छ ।

मुम्बई विमानस्थलमा पछिल्ला महिनाहरूमा वन्यजन्तु तस्करीका घटनाहरू लगातार बढ्दै गएका छन् । यही महिनाको सुरुमा भन्सार अधिकारीहरूले सर्प, कछुवा र ¥याकुन बोकेका एक तस्करलाई नियन्त्रणमा लिएका थिए ।

यसअघि जुन महिनामा थाइल्यान्डबाट आएका दुई यात्रुबाट भन्सारले १०० भन्दा बढी जीवित जनावरहरू — जसमा विषालु भाइपर, छेपारो, सनबर्ड र रूख चढ्ने पोसमहरू समेत समावेश थिए — जफत गरेको थियो । फेब्रुअरीमा पनि इन्डोनेसिया, मलेसिया र थाइल्यान्डका जङ्गलहरूमा पाइने पाँच सियामाङ लङ्गुरसहितका बाँदर बोकेर ल्याइरहेका एक तस्करलाई यही विमानस्थलमा समातिएको थियो ।

भन्सार विभागका अधिकारीहरूले वन्यजन्तु तस्करीविरुद्ध निगरानी झन कडा बनाइएको बताउँदै यस्तो अपराधमा संलग्न समूहलाई कानूनी रूपमा कडा कारबाही गरिने चेतावनी दिएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending