Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

राष्ट्रपति ट्रम्पको आणविक परीक्षण आदेशले विश्वव्यापी तनाव

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार परीक्षण सुरु गर्ने आकस्मिक निर्देशन जारी गरेपछि विश्वभर तीव्र प्रतिक्रिया र चिन्ता उत्पन्न भएको छ । यो निर्णयले नयाँ महाशक्ति प्रतिस्पर्धा र विश्व सुरक्षाको सन्तुलनमा गम्भीर असर पार्ने आशङ्का गरिएको छ ।

आफूलाई ‘शान्तिप्रिय राष्ट्रपति’ भएको दाबी गर्दै आएका ट्रम्पले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिखर सम्मेलनमा सहभागी हुनुअघि नै सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका थिए । तर उहाँको उक्त वक्तव्यले धेरै प्रश्नहरू खुला छोडेको छ — विशेषगरी, उनले केवल हतियार प्रणाली परीक्षणको आदेश दिएको हो वा वास्तविक आणविक विस्फोट परीक्षण गरिन थालेको हो भन्ने कुरा अस्पष्ट छ । संयुक्त राज्य अमेरिकाले सन् १९९२ यताका तीन दशकदेखि कुनै पनि आणविक विस्फोट परीक्षण गरेको छैन ।

ट्रम्पको आदेशपछि अमेरिकाका प्रमुख आलोचक इरानले कडा आपत्ति जनाउँदै यसलाई ‘अत्यन्तै प्रतिगामी र गैरजिम्मेवारपूर्ण कदम’ भनेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमा लेख्दै भने, “एक आणविक–सशस्त्र बदमाशीले आणविक हतियार परीक्षण पुनः सुरु गरेको छ, जबकि उही देशले इरानको शान्तिपूर्ण आणविक कार्यक्रममाथि दोषारोपण गर्दै आएको छ ।”

यसैबीच, जापानमा द्वितीय विश्वयुद्धका आणविक बम पीडितहरूको संस्था निहोन हिडान्क्योले टोकियोस्थित अमेरिकी दूतावासमा औपचारिक विरोधपत्र पठाएको छ । नोबेल शान्ति पुरस्कार विजेता उक्त समूहले एएफपीलाई पठाएको पत्रमा भनिएको छ, “राष्ट्रपति ट्रम्पको निर्णयले आणविक हतियाररहित शान्तिपूर्ण संसारको दिशामा विश्वभर चलिरहेका प्रयासहरूलाई प्रत्यक्ष चुनौती दिएको छ । यो कार्य पूर्ण रूपमा अस्वीकार्य छ ।”

वैश्विक प्रतिबन्धको उल्लङ्घनको आशङ्का

चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अमेरिकालाई विश्वव्यापी आणविक परीक्षण प्रतिबन्ध सन्धिको ‘गम्भीरतापूर्वक पालना गर्न’ आग्रह गरे । चीन र संयुक्त राज्य अमेरिकाले पछिल्ला वर्षहरूमा आणविक परीक्षणमा रोक लगाए पनि रुस र अमेरिका दुवैले आणविक–सक्षम प्रणालीहरू समावेश गरी नियमित सैन्य अभ्यास जारी राख्दै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफ्ना उपप्रवक्तामार्फत वक्तव्य जारी गर्दै भने, “कुनै पनि परिस्थितिमा आणविक परीक्षणलाई अनुमति दिन सकिँदैन ।” उनले यस कदमले विश्व शान्तिमा नयाँ सङ्कट उत्पन्न गर्ने चेतावनी दिए ।

संयुक्त राज्य अमेरिका सन् १९९६ देखि व्यापक आणविक–परीक्षण–प्रतिबन्ध सन्धिको हस्ताक्षरकर्ता राष्ट्र हो । उक्त सन्धिले नागरिक वा सैन्य उद्देश्यका सबै प्रकारका आणविक विस्फोट परीक्षणहरूलाई निषेध गर्दछ ।

यसबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भने, “राष्ट्रपति महोदयको वक्तव्यले आफ्नै लागि बोल्छ । हामीसँग रहेको आणविक शस्त्रागार वास्तवमै प्रभावकारी रूपमा कार्यरत छ भन्ने सुनिश्चित गर्नु हाम्रो राष्ट्रिय सुरक्षाको एक अत्यावश्यक अंश हो ।” उनले परीक्षण आदेशबारे प्राविधिक विवरण खुलाउन अस्वीकार गरे ।

ट्रम्पको उक्त निर्देशन रुसले केही दिनअघि मात्र आणविक–सक्षम र आणविक–सञ्चालित क्रुज मिसाइल तथा समुद्री ड्रोनको परीक्षण गरेको घोषणा गरेपछि आएको हो । ट्रम्पले यसअघि ‘ट्रुथ सोसल’ मा लेखेका थिए, “अन्य देशहरूले परीक्षण कार्यक्रम सञ्चालन गरिरहेका कारण मैले युद्ध मन्त्रालयलाई हाम्रो आणविक हतियारहरूको समान आधारमा परीक्षण सुरु गर्न निर्देशन दिएको छु ।”

उनले दाबी गरे, “संयुक्त राज्य अमेरिकासँग विश्वमै सबैभन्दा ठूलो र शक्तिशाली आणविक भण्डार छ ।”

तर स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआइपिआरआई) को ताजा तथ्याङ्क अनुसार रुससँग पाँच हजार४८९, अमेरिकासँग पाँच हजार १७७ र चीनसँग करिब ६०० आणविक हतियार रहेका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले ट्रम्पको ज्ञान र सूचनाको स्रोतमाथि प्रश्न उठाउँदै भने, “रुसी सैन्य अभ्यासलाई कुनै पनि हिसाबले आणविक परीक्षणको रूपमा व्याख्या गर्न सकिँदैन । हामी आशा गर्छौं कि राष्ट्रपति ट्रम्पलाई सही जानकारी प्रदान गरिएको छ ।” उनले चेतावनी स्वरमा थपे, “यदि ट्रम्प प्रशासनले प्रत्यक्ष आणविक वारहेड परीक्षण अघि बढायो भने, रुस पनि त्यसको जवाफी परीक्षण गर्न बाध्य हुनेछ ।”

ट्रम्पले भने पत्रकारहरूसँग पुनः दोहो¥याउँदै आफू रुस र चीनसँग आणविक हतियार घटाउने वार्तामा रुचि राख्ने दोहोर्‍याए । उनले भने, “आणविक निःशस्त्रीकरण विश्वका लागि एक महान उपलब्धि हुनेछ ।”

 अन्तिम अमेरिकी परीक्षण सन् १९९२ मा

संयुक्त राज्य अमेरिकाले सन् १९४५ जुलाई १६ देखि सन् १९९२ सम्म एक हजार ५४ आणविक परीक्षण गरिसकेको छ । पहिलो परीक्षण न्यु मेक्सिकोमा गरिएको थियो । दोस्रो विश्वयुद्धको समयमा जापानमा भएका दुई आणविक आक्रमणका कारण अमेरिका अझै पनि लडाइँमा आणविक हतियार प्रयोग गर्ने एकमात्र देश बनेको छ ।

अन्तिम अमेरिकी परीक्षण सन् १९९२ को सेप्टेम्बरमा नेभाडा आणविक सुरक्षा स्थलमा २० किलोटन क्षमताको भूमिगत विस्फोटका रूपमा गरिएको थियो । तत्कालीन राष्ट्रपति जर्ज एच डब्लु बुुुसले सोही वर्ष अक्टोबरमा थप परीक्षणहरूमा रोक लगाएको थियो । यो निर्णयलाई पछिल्ला सबै अमेरिकी प्रशासनहरूले निरन्तरता दिएका छन् ।

तत्पश्चात्, आणविक परीक्षणका सट्टा उन्नत कम्प्युटर सिमुलेसन र उप–महत्त्वपूर्ण प्रयोगहरूद्वारा हतियार प्रणालीहरूको विश्वसनीयता परीक्षण गर्ने अभ्यासलाई प्राथमिकता दिइँदै आएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: