Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कृष्णपुरको दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा सास्ती खेप्दै

खबरडबली संवाददाता

कञ्चनपुर ।कृष्णपुर नगरपालिका–१ दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। बर्सातका बेला आउने बाढीले खोला तर्न सकिँदैन भने हिउँदका बेला बाढीको पानीले बनाएका खाल्डाखुल्डीले खोला पार गर्न निकै कठिनाइ हुने गरेको छ। खोलाको खाल्डाखुल्डीमा रहेका चिप्ला ढुङ्गामा चिप्लिएर दुर्घटना हुने गरेको छ।

पुल निर्माणका लागि पटक–पटक माटो परीक्षण र सर्वेक्षण भए पनि हालसम्म कुनै ठोस निर्माण कार्य अघि बढ्न नसकेको स्थानीय बासिन्दा बताउँछन्। ‘हरेक निर्वाचनको अवधिमा राजनीतिक दलका प्रतिनिधिहरू फित्ता बोकेर नदीको दूरी नाप्ने र माटो परीक्षण गर्न प्राविधिक टोली खटाउने कार्य गर्छन्’, स्थानीय ८० वर्षीय नरबहादुर बोहराले भने, ‘चुनाव सकिएपछि कोही पनि फर्केर आउँदैन, खोलाको सास्ती दशकौँदेखि खेप्दै आएका छौँ।’

बोहराका अनुसार पुल नहुँदा विशेषगरी बर्सातका बेला ठूलो समस्या हुने गरेको छ। ‘खोला घटेपछि मात्रै वारपार गर्न सकिन्छ, कहिलेकाहीँ बाटै फर्किनुपर्छ’, उनले भने, ‘यस वर्ष मात्रै खोलामा बगेर दुई जनाको ज्यान जाने अवस्था आएको थियो तर समयमै उद्धार गर्न सफल भएर ज्यान बच्यो।’

स्थानीय गोविन्द मालले विद्यालय जाने बालबालिका खोलामा आउने बाढीका कारण सबैभन्दा बढी प्रभावित हुने बताए। ‘बर्सातका बेला बालबालिकालाई खोला पार गर्न कठिन हुन्छ, कहिलेकाहीँ खोला घट्दासम्म राति अबेर सम्म पर्खनुपर्छ’, उनले भने, ‘बालबालिका विद्यालयबाट छुट्टी भएर आएपछि लिनका लागि खोलाको डिलमै ढुकेर बस्नुपर्ने बाध्यता छ।’

‘चुरे क्षेत्रअन्तर्गत पर्ने उक्त खोलामा बर्सातका बेला बाढी आउँछ र दुवै किनार भरिन्छ’, माधवी नेपालीले भनिन्, ‘हिउँदमा पानी घटे पनि खोलामा बनेका खाल्डाखुल्डी र चिप्ला ढुङ्गाका कारण दुर्घटनाको जोखिम रहन्छ।’

उक्त खोला तरेर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी, पिलरीफाँटा, कृष्णपुर–१ दोमिल्ला, सुन्दरीफाँटा, पहरीया र श्रीपुर गाउँका बासिन्दा ओहरदोहर गर्ने गर्दछन्। यही बाटो भएर नायल पर्यटकीय क्षेत्रसम्म पुग्ने आन्तरिक पर्यटकहरूको आवागमन हुने गर्दछ।

बर्सातका बेला खोला तर्न नसक्दा दोमिल्ला, सुन्दरीफाँटा, पहरीयालगायतका बासिन्दाले नजिकका बजार झलारी र कलुवापुर पुग्नका लागि लामो वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। स्थानीय बासिन्दाले लामो समयदेखि पुल निर्माणको माग गर्दै आएका छन्। पुल निर्माण भएमा विद्यालय जाने विद्यार्थी, बिरामी, किसान तथा सर्वसाधारणको आवतजावत सहज हुने र आर्थिक गतिविधिमा वृद्धि हुने उनीहरूको भनाइ छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending