Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

वाम एकतामाथि विभाजनः एकीकृत समाजवादीभित्र खुला द्वन्द्व

माधव नेपाल माओवादीसँग एकता गर्दै, खनाल पक्षले बोलायो छुट्टै भेला

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) औपचारिक रूपमा विभाजनको दिशामा अघि बढेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालसहित बहुमत नेताहरूले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालसहितका नेताहरू त्यसको विरोधमा उभिँदै छुट्टै समूह बनाउने तयारीमा जुटेका छन्।

शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकता प्रस्ताव पेश गरेका थिए। बहुमत सदस्यले समर्थन जनाएपछि उक्त प्रस्ताव पारित भएको थियो। बैठकपछि नेपालले पत्रकार सम्मेलनमार्फत् “एकता प्रस्ताव सर्वसम्मतले अनुमोदन भएको” दाबी गरे पनि बैठकमा झलनाथ खनाल, घनश्याम भुसाललगायतका नेताहरूले भने विरोध जनाएका थिए।

एकता निर्णयको विरोधमा खनाल पक्षले शनिबार दिउँसो काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा छुट्टै भेला बोलाएको छ। भेलामा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विजय पौडेलसहितका केन्द्रीय सदस्यहरूको उपस्थित हुने तयारी छ।

खनाल पक्षले एकीकृत समाजवादीले माओवादी केन्द्रसँग हतारमा आत्मसमर्पणजस्तो निर्णय गरेको आरोप लगाएको छ। उनीहरूले वामपन्थी एकता नाममा व्यक्तिगत स्वार्थ र पदीय समीकरणलाई प्राथमिकता दिइएको भन्दै असन्तुष्टि जनाएका छन्। खनाल पक्षका एक नेताले भने, “यो पार्टी एकता होइन, माओवादीमा आत्मसमर्पण हो। हामी सिद्धान्त र संगठनात्मक स्वाभिमानका साथ नयाँ बाटो रोज्नेछौं।”

पार्टी अध्यक्ष माधव नेपालले भने माओवादीसँगको एकता ऐतिहासिक कदम भएको बताए। उनका अनुसार वामपन्थी शक्तिहरूलाई एक ढिक्का बनाएर समाजवादतर्फको यात्रा अघि बढाउने उद्देश्यले एकता गरिएको हो। “अब देशमा समाजवादी मोर्चा निर्माणको दिशा खुलेको छ,” नेपालले भने।

यता, नेकपा (माओवादी केन्द्र)ले पनि एकीकृत समाजवादीको एकता निर्णयपछि शनिबारका लागि सचिवालय बैठक बोलाएको छ। बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादीलगायत दलबीचको एकता प्रक्रिया र पदीय व्यवस्थापनका विषयमा छलफल हुने बताइएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार नेकपा (एकीकृत समाजवादी)को यो निर्णयले नेपाली वाम राजनीतिमा नयाँ समीकरण जन्माउने सम्भावना देखिएको छ। एकातिर नेपाल र प्रचण्डबीच नजिकिँदै गएको सम्बन्धले नयाँ वाम गठबन्धनको स्वरूप लिन सक्छ भने अर्कातिर खनाल–भुसाल पक्षले अलग राजनीतिक विकल्प निर्माण गर्ने संकेत गरेको छ।

यसैबीच, खनाल पक्षको शनिबारको भेलाले नयाँ संरचना र नेतृत्वको रूपरेखा तय गर्ने तयारी गरेको बुझिएको छ। एकीकृत समाजवादीभित्र लामो समयदेखि देखिएको मतभेद यही एकता निर्णयसँगै खुला द्वन्द्वमा परिणत भएको हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending