काठमाडौं । असारमा रोप्ने बेला पानी नपरेर समस्यामा परेका किसान अहिले कात्तिकमा परेको निरन्तर वर्षाका कारण पुनः समस्यामा परेका छन्। बेलैमा धान भित्र्याउन नपाउँदा किसानको महिनौँको परिश्रम जोखिममा परेको छ।
धानको बोटमै बाला टुसाउन थालेको र खेत पानीले भिजेको किसानहरूको गुनासो छ। कतिपयले काटेर राखेको धान चुट्न र भित्र्याउन नपाएका कारण कुहिने अवस्था पुगेको छ।
सिरहाको गोलबजार–९ का किसान रामपुकार कामतीका अनुसार सुरुमा खडेरीका कारण रोपाइँमा ढिलाइ भएको र अहिले भित्र्याउने बेलाको झरीले बाली नष्ट गरेको हो। “पहिले पानी नपरेर रोप्न गाह्रो भयो, अहिले वर्षाले काट्नै नसक्ने बनायो,” उनले भने।
तराई–मधेशमा साउनको तेस्रो हप्तासम्म पनि पर्याप्त पानी नपर्दा किसानलाई धान रोप्न कठिन भएको थियो। अहिले भने लगातारको वर्षा र हावाका कारण धेरै ठाउँमा धान ढलेको र बाला कुहिन थालेको छ।
कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठले भने, “वर्षासँगै हावा पनि चलेकोले धान ढलेको छ। बाला कुहिएर उत्पादन घट्ने अनुमान गरिएको छ।”
कृषि विज्ञहरूले खेतमा पानीको निकास मिलाउने र काटिएको धान सुकाउन सक्ने अवस्था बनाएर मात्र भित्र्याउन सुझाव दिएका छन्। नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले खेतमा पानी जम्न नदिन र घाम लागेपछि धान सुकाएर भित्र्याउन आग्रह गरेको छ।
वर्षाको प्रभाव धानमा मात्र सीमित छैन। तोरी, दलहनबाली र आलु जस्ता आगामी बालीहरूको रोपाइँ पनि प्रभावित भएको छ।
कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख डा। रविन्द्रनाथ चौबेका अनुसार जिल्लामा हालसम्म ६० देखि ७० प्रतिशत किसानले मात्र धान भित्र्याउन सकेका छन्। बाँकी किसानले धान काटेर खेतमै राखेका छन् भने केहीले अझै नकाटेको अवस्थामा छन्।
“धान काटेर तोरी, दलहन र आलु लगाउने समय यही हो, तर निरन्तर वर्षाले किसानलाई त्यसमा पनि रोक लगाएको छ,” चौबेले भने।
कृषि विज्ञहरूका अनुसार, आगामी केही दिनमा मौसम खुलेर घाम लागेमा मात्रै किसानले राहत पाउनेछन्। अन्यथा, यस वर्ष धान उत्पादनमा उल्लेख्य गिरावट आउने देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: