काठमाडौं । असारमा रोप्ने बेला पानी नपरेर समस्यामा परेका किसान अहिले कात्तिकमा परेको निरन्तर वर्षाका कारण पुनः समस्यामा परेका छन्। बेलैमा धान भित्र्याउन नपाउँदा किसानको महिनौँको परिश्रम जोखिममा परेको छ।
धानको बोटमै बाला टुसाउन थालेको र खेत पानीले भिजेको किसानहरूको गुनासो छ। कतिपयले काटेर राखेको धान चुट्न र भित्र्याउन नपाएका कारण कुहिने अवस्था पुगेको छ।
सिरहाको गोलबजार–९ का किसान रामपुकार कामतीका अनुसार सुरुमा खडेरीका कारण रोपाइँमा ढिलाइ भएको र अहिले भित्र्याउने बेलाको झरीले बाली नष्ट गरेको हो। “पहिले पानी नपरेर रोप्न गाह्रो भयो, अहिले वर्षाले काट्नै नसक्ने बनायो,” उनले भने।
तराई–मधेशमा साउनको तेस्रो हप्तासम्म पनि पर्याप्त पानी नपर्दा किसानलाई धान रोप्न कठिन भएको थियो। अहिले भने लगातारको वर्षा र हावाका कारण धेरै ठाउँमा धान ढलेको र बाला कुहिन थालेको छ।
कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठले भने, “वर्षासँगै हावा पनि चलेकोले धान ढलेको छ। बाला कुहिएर उत्पादन घट्ने अनुमान गरिएको छ।”
कृषि विज्ञहरूले खेतमा पानीको निकास मिलाउने र काटिएको धान सुकाउन सक्ने अवस्था बनाएर मात्र भित्र्याउन सुझाव दिएका छन्। नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले खेतमा पानी जम्न नदिन र घाम लागेपछि धान सुकाएर भित्र्याउन आग्रह गरेको छ।
वर्षाको प्रभाव धानमा मात्र सीमित छैन। तोरी, दलहनबाली र आलु जस्ता आगामी बालीहरूको रोपाइँ पनि प्रभावित भएको छ।
कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख डा। रविन्द्रनाथ चौबेका अनुसार जिल्लामा हालसम्म ६० देखि ७० प्रतिशत किसानले मात्र धान भित्र्याउन सकेका छन्। बाँकी किसानले धान काटेर खेतमै राखेका छन् भने केहीले अझै नकाटेको अवस्थामा छन्।
“धान काटेर तोरी, दलहन र आलु लगाउने समय यही हो, तर निरन्तर वर्षाले किसानलाई त्यसमा पनि रोक लगाएको छ,” चौबेले भने।
कृषि विज्ञहरूका अनुसार, आगामी केही दिनमा मौसम खुलेर घाम लागेमा मात्रै किसानले राहत पाउनेछन्। अन्यथा, यस वर्ष धान उत्पादनमा उल्लेख्य गिरावट आउने देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: