Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

विभिन्न अपराधमा संलग्न पाँच जना पक्राउ

बाँकेमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु

खबरडबली संवाददाता

काठमाडौँ ।   विभिन्न घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ भने बाँकेमा ट्याक्टरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ।

अवैध लागूऔषधसहित पक्राउ
नवलपरासीको प्रतापपुर गाउँपालिका-१ सिसहानियाबाट प्रहरीले डाइजेपाम १३२ एम्पुल, बुप्रेनोर्फिन १३२ एम्पुल र प्रोमेथाजाइन १३२ एम्पुलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२ बस्ने २१ वर्षीय रोहित सेन्चुरी, १७ वर्षीया किशोरी र ३९ वर्षीय बादल बस्याल रहेका छन्।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-३ तिलकपुर बस्ने ६० वर्षीय रामसिंह साउद र उनका २८ वर्षीय छोरासहित अवैध लागूऔषध चरेश जस्तो देखिने ३१८ ग्राम पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्रोत नखुलेको रकमसहित पक्राउ
मोरङको विराटनगर महानगरपालिका-१७ बाट प्रहरीले स्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँसहित ४१ वर्षीय बिरेन्द्र साहलाई पक्राउ गरेको छ। उनी भारतबाट नेपालतर्फ आउँदै गर्दा अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट मोटरसाइकलमा सवार अवस्थामा पक्राउ परेका थिए।

ट्याक्टरको ठक्करबाट मृत्यु
बाँकेको खजुरा गाउँपालिका-२ ए गाउँस्थित सडकमा ट्याक्टर (भे.२ त १४००) ले स्कुटर (भे.१३ प ४४०९) लाई ठक्कर दिँदा ४८ वर्षीय स्कुटर चालक सोबिन्द्र सिंह ठकुरीको मृत्यु भएको छ। उनको उपचारको क्रममा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज अस्पताल नेपालगंजमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते अर्का एकजनाको उपचार भइरहेको छ। प्रहरीले फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ।

आगलागीमा धनमाल नष्ट
ललितपुर महानगरपालिका-१२ प्रयागपोखरी बस्ने केदार बहादुर श्रेष्ठको भान्सा कोठामा आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ।

प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending