सुनसरी । सुनसरीको इनरुवा वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापा पक्राउ परेका छन्। उनी शरीर अङ्गभङ्गको मुद्दामा फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, थापा वडा सदस्यलाई कार्यवाहक जिम्मेवारी दिएर लामो समय लुकेर बस्दै आएका थिए। उनलाई शनिवार राति इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरेको हो।
थापाको बा २१ च ६८८८ नम्बरको कारले प्र १-०२-०४४ प ७४२८ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो। मोटरसाइकलमा पछाडि सवार देवीका खनाल गम्भीर घाइते भएकी थिइन्। उनको विराटनगरस्थित विराट नर्सिङ होममा प्रारम्भिक उपचार पछि विभिन्न अस्पतालमा उपचार गरिएको थियो।
थापाले ठक्कर दिइसकेपछि सम्पर्क बाहिर राखेका थिए। उनको पहुँचको आधारमा खनाललाई उल्टै धम्की दिने आरोप समेत छ। प्रहरी उपरीक्षक केशव थेबेले भने, “थापा पक्राउ परेपछि कानुन बमोजिम प्रक्रिया अघि बढाइनेछ।”
मुद्दा लामो समयसम्म दर्ता हुन नसकेको थियो। पीडित पक्षले प्रहरीले जाहेरी अस्वीकार गरेपछि हुलाक मार्फत मुद्दा दर्ता गराएका थिए। त्यसपछि उच्च अदालत विराटनगरले गत भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई जवाफ दिन आदेश दिएको थियो। अन्ततः साउन १६ गते मुद्दा दर्ता भएको र साउन २० गते थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: