सुनसरी । सुनसरीको इनरुवा वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापा पक्राउ परेका छन्। उनी शरीर अङ्गभङ्गको मुद्दामा फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, थापा वडा सदस्यलाई कार्यवाहक जिम्मेवारी दिएर लामो समय लुकेर बस्दै आएका थिए। उनलाई शनिवार राति इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरेको हो।
थापाको बा २१ च ६८८८ नम्बरको कारले प्र १-०२-०४४ प ७४२८ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो। मोटरसाइकलमा पछाडि सवार देवीका खनाल गम्भीर घाइते भएकी थिइन्। उनको विराटनगरस्थित विराट नर्सिङ होममा प्रारम्भिक उपचार पछि विभिन्न अस्पतालमा उपचार गरिएको थियो।
थापाले ठक्कर दिइसकेपछि सम्पर्क बाहिर राखेका थिए। उनको पहुँचको आधारमा खनाललाई उल्टै धम्की दिने आरोप समेत छ। प्रहरी उपरीक्षक केशव थेबेले भने, “थापा पक्राउ परेपछि कानुन बमोजिम प्रक्रिया अघि बढाइनेछ।”
मुद्दा लामो समयसम्म दर्ता हुन नसकेको थियो। पीडित पक्षले प्रहरीले जाहेरी अस्वीकार गरेपछि हुलाक मार्फत मुद्दा दर्ता गराएका थिए। त्यसपछि उच्च अदालत विराटनगरले गत भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई जवाफ दिन आदेश दिएको थियो। अन्ततः साउन १६ गते मुद्दा दर्ता भएको र साउन २० गते थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: