म्याग्दी । म्याग्दी जिल्लामा पछिल्लो तीन वर्षमा मतदाताको सङ्ख्या घटेको छ। निर्वाचन आयोगले असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली अनुसार म्याग्दीमा हाल ८४ हजार ५२० मतदाता कायम भएका छन्, जुन विसं २०७९ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तुलनामा करिब १,६०० मतदाता कम हो।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द थापाका अनुसार घटेको मतदाता संख्या मृतकको नामावली हटाइएपछि, दोहोरो नाम एउटै स्थानमा कायम गर्दा र बसाइँसराइ भएकाहरूको स्थानान्तरण गर्दा घटेको हो। अहिले म्याग्दीमा ४१ हजार १७४ पुरुष, ४३ हजार ३४५ महिला र १ जना अन्य मतदाता छन्।
त्यसैगरी पछिल्लो एक महिनामा २३९ नयाँ मतदाता थपिएका छन्। निर्वाचन कार्यालयका अधिकारी बिमलप्रसाद गौतमका अनुसार नयाँ मतदाताहरूमा विदेशबाट फर्केका र नयाँ नागरिकता लिएका व्यक्तिहरू छन्।
म्याग्दीमा प्रतिनिधि सभाका लागि एकवटा निर्वाचन क्षेत्र रहेको छ। जिल्लाका छ वटा स्थानीय तहमा ४५ वटा वडा छन्, जसमा अघिल्लो निर्वाचनमा ८२ वटा मतदानस्थल, ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एक अस्थायी मतदान केन्द्र सञ्चालन भएको थियो।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता दर्ता, अद्यावधिक र मतदानस्थलको अवस्था अध्ययन सुरु गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: