अफगानिस्तान । उत्तरी अफगानिस्तानमा आएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर गहिराइमा उक्त भूकम्प गएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान प्रान्तमा ३२० जना घाइते भएको बताएका छन् ।
अफगानिस्तानको उत्तरी सहर मजार–ए–सरिफका बासिन्दाहरू आफ्ना घरहरू भूकम्पले ढल्ने डरले सडकमा उत्रिएको एएफपीले जनाएको छ । प्रभावित क्षेत्र देखि करिब ४२० किलोमिटर टाढाको राजधानी काबुलका संवाददाताहरूले पनि कम्पन महसुस गरेको बताएका छन् ।
पाहाडी अफगानिस्तानमा कमजोर सञ्चार सञ्जाल र पूर्वाधारले उद्धार प्रक्रियामा बाधा पुर्याएकाले अधिकारीहरूलाई प्रभावित क्षेत्रमा पुग्न असहज भएको जनाइएको छ । यो तालिबान सरकारका लागि पछिल्लो प्राकृतिक प्रकोप हो, जसले सन् २०२१ मा अफगानिस्तान कब्जा गरेदेखि तीनवटा ठूला घातक भूकम्पहरूको सामना गरेको छ ।
अगस्टमा, देशको पूर्वमा ६।०–म्याग्निच्युडको भूकम्पले पाहाडी गाउँहरू नष्ट गर्नु का साथै दुई हजार २०० भन्दा बढीको ज्यान लिएको थियो । सन् २०२३ मा इरानी सीमा नजिकैको पश्चिमी हेरात र सन् २०२२ मा पूर्वी नङ्गरहार प्रान्तमा ठुलो भूकम्पले सयौंको ज्यान लिनुका साथै हजारौं घरहरू ध्वस्त पारेको थियो ।
संयुक्त राष्ट्र संघ र सहायता एजेन्सीहरूले अफगानीस्तानमा भोकमरी बढिरहेको चेतावनी दिएका छन् । अफगानिस्तान खडेरी, बैङ्किङ क्षेत्रमा आर्थिक प्रतिबन्ध र छिमेकी इरान र पाकिस्तानबाट लाखौं अफगान नागरिकहरू निरन्तर स्वदेश फर्कका कारणले मानवीय सङ्कटबाट ग्रस्त भएको जनाइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: