काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद रानाले नागरिकलाई शारीरिक यातना दिने अर्थ लाग्ने यस्ता शब्द लोकतन्त्र र मानव अधिकारको मूल्यमान्यताविपरीत रहेको बताइन्।
आफू लामो समयदेखि बालबालिका तथा कैदीबन्दीको अधिकारका लागि काम गर्दै आएको उल्लेख गर्दै उनले मानिसलाई यातना दिने तथा कोर्रा लगाउनेजस्ता अमानवीय व्यवहारविरुद्ध कानुन निर्माणका लागि वकालत गरेको स्मरण गराइन्।
नेपालमा वर्षौंको प्रयासपछि शारीरिक यातना निषेध गर्ने कानुनी व्यवस्था बनेको अवस्थामा संसद्मा पुन: यस्ता शब्द सुनिनु दु:खद भएको उनको भनाइ थियो।
‘अपराध जोसुकैले गरेको भए पनि वा परिस्थिति जस्तोसुकै भए पनि नागरिकलाई कोर्रा हान्ने भन्नु शोभनीय हुँदैन,’ उनले भनिन्।
सांसद रानाले प्रतिनिधिसभाजस्तो गरिमामय थलोमा ‘कोर्रा’ जस्तो शब्द प्रयोग गर्नु उचित नहुने बताइन्।
‘यो गरिमामय सदनमा कोर्रा जस्तो शब्द प्रयोग हुनु उपयुक्त छैन। आफ्ना जनतालाई, चाहे ती अपराधी नै किन नहुन्, यस्तो शब्द प्रयोग गरिनुहुँदैन,’ उनले भनिन्।
उनले अपराध वा गलत कार्यमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही हुनुपर्ने तर शारीरिक यातनालाई प्रोत्साहन गर्ने किसिमको भाषा प्रयोग गर्न नहुने धारणा राखिन्।
रानाले सांसद राईले सार्वजनिक रूपमा वा संसद्को बैठकमा प्रसंगवश प्रयोग गरेको उक्त शब्दलाई संसद्को आधिकारिक अभिलेखबाट हटाउन सभामुखसँग अनुरोधसमेत गरिन्।
यसअघि सांसद राईले गलत काम गर्ने व्यक्तिलाई ‘कोर्रा हान्नुपर्ने’ धारणा व्यक्त गरेका थिए। सोही अभिव्यक्तिलाई लिएर रानाले मंगलबारको संसद् बैठकमा आपत्ति जनाएकी हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद्को बैठक आह्वान गरेको छन् । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनु...
श्रावण २६ गते, २०८३ - १४:५०
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकार संसद् र संवैधानिक प्र...
श्रावण २६ गते, २०८३ - १४:३७
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा बढ्दो बेथिति, भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न अपराधमा संलग्न व्यक्तिलाई सार्वजनिक रूपमा...
श्रावण २६ गते, २०८३ - १४:२२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ अभि...
श्रावण २६ गते, २०८३ - १४:००
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति संसद्मा कडा आपत्ति जनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १३:३९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा...
श्रावण २६ गते, २०८३ - १२:४९
काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी रु एक सय १० ले ब...
श्रावण २६ गते, २०८३ - १२:२३
काठमाडौं । पर्सामा ठूलो परिमाणमा गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले १०५ किलो गाँजासहित भारतका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरे...
श्रावण २६ गते, २०८३ - १२:१४
लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक्लै बस्दै आएकी ७५ वर्षीया काली सार्की शनिबार राति आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको छन् । कोठाको खाटमुन...
श्रावण २६ गते, २०८३ - ११:३१
पर्सा। अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित एक भारतीय नागरिकस...



प्रतिकृया लेख्नुहोस्: