Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

देशभर सात हजार बढीमा डेङ्गु पुष्टि, छ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । देशभरका ७५ जिल्लामा सात हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का तथ्याङ्क अनुसार हालसम्म ७ हजार ७५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । सोही अवधिमा छ जनाको मृत्यु भएको इडिसिडीका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए । 

उनका अनुसार हालसम्म डोल्पा र मनाङ गरी दुई जिल्लामा मात्र डेङ्गु संक्रमण पुष्टि भएको छैन । प्रदेशगत विवरणअनुसार बागमती प्रदेशमा १,७६३, गण्डकीमा १,७७५, लुम्बिनीमा १,१६९, कोशीमा ९९३, सुदूरपश्चिममा ७८८, कर्णालीमा ५०० र मधेश प्रदेशमा १४७ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ ।

विशेषज्ञका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्छ । एडिज जातका लामखुट्टे सफा पानी जम्मा हुने भाँडो, गमला वा ट्यांकीमा सजिलै बढ्न सक्छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार “डेङ्गुका प्रमुख लक्षणहरूमा असह्य शरीर दुख्ने, उच्च ज्वरो आउने, खाना खान मन नलाग्ने, पखाला लाग्ने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने, शरीरमा राता दाग आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने” पर्छन् ।

डेङ्गु पुष्टि भएकाले मनलाग्दी औषधि सेवन नगर्न र चिकित्सकको सल्लाहअनुसार मात्र उपचार गर्न डा. पुनले सुझाव दिए । त्यस्तै, ज्वरो आउनु, खोकी लाग्नु वा सास फेर्न गाह्रो हुने लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न उनले आग्रह गरे ।

विशेषज्ञहरूले डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म कायम रहने भएकाले थप सावधानी र सचेतना अपनाउन सबैलाई अनुरोध गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: