काठमाडौं । युएईमा जारी आइसिसी विश्वकप लिग–२ क्रिकेट शृङ्खलामा अमेरिकाले चारै खेल जित्दै शतप्रतिशत सफलता हात पारेको छ ।
सिरिजको अन्तिम खेलमा सोमबार अमेरिकाले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई दुई सय ४३ रनको विशाल अन्तरले पराजित गर्यो । जितका लागि दुई सय ९३ रनको लक्ष्य पछ्याएको युएई २१.१ ओभरमै सबै विकेट गुमाउँदै ४९ रनमा समेटियो ।
युएईका जुनैद सिद्धिक्वीले १० रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । अमेरिकाका रसिल उगरकरले पाँच विकेट लिए भने सौरभ नेत्रभल्करले तीन विकेट झारे ।
यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा तीन विकेटको क्षतिमा दुई सय ९२ रनको योगफल बनाएको थियो । मोनाङ्क पटेलले एक सय ३७ रनको शतकीय पारी खेलेका थिए भने मिलिन्ड कुमार १२३ रनमा अविजित रहे ।
जितसँगै अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्षस्थानमा पुगेको छ । पराजित युएई १९ खेलबाट आठ अंक जोड्दै तालिकाको अन्तिम स्थानमा छ । १९ खेल खेलेको नेपाल १२ अंकसहित सातौँ स्थानमा छ । नेपालले यस शृङ्खलाको अन्तिम खेल कात्तिक १९ गते (बुधबार) युएईसँग खेल्नेछ ।
आठ टोली सहभागी लिगमा दोस्रो स्थानमा स्कटल्यान्ड २४ खेलबाट ३० अंकसहित रहेको छ । तेस्रोमा नेदरल्यान्ड्स २८ अंक (२४ खेल), चौथोमा ओमान २४ अंक (२० खेल), पाँचौँमा क्यानडा २१ अंक (२४ खेल) र छैटौँमा नामिबिया १९ अंक (२४ खेल) सहित रहेका छन् ।
लिग–२ अन्तर्गत आठै राष्ट्रले नौ शृङ्खलामा ३६ खेल खेल्नेछन् । प्रत्येक टोलीले तीन शृङ्खला घरेलु मैदानमा र बाँकी छ शृङ्खला विदेशी मैदानमा खेल्नेछ ।
प्रतियोगिताको शीर्ष चार टोली सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा सोझै छनोट हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: