Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

विद्यालाई रोकेपछि एमाले महाधिवेशनमा ओलीलाई ईश्वर पोखरेलको चुनौती, कडा प्रतिस्पर्धाको संकेत

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको आगामी एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कडा चुनौती दिने भएका छन्। मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा ओली निर्विकल्प अध्यक्ष बन्ने योजना बनाएपनि अब पोखरेल प्रतिस्पर्धामा उत्रने पक्का भएको छ।

पार्टी स्रोतका अनुसार पोखरेलको पक्षमा सचिवालयका अधिकांश सदस्यहरू रहेको बताइन्छ। युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टलगायतका नेताहरू पोखरेलको पक्षमा उभिने तयारीमा छन्।

२०७८ सालमा भएको दसौँ महाधिवेशनमा ओली अध्यक्ष निर्वाचित हुँदा पोखरेल वरिष्ठ उपाध्यक्ष बनेका थिए। हाल धेरै नेताहरूले पोखरेललाई अध्यक्षमा उम्मेदवारी दिन सुझाव दिएका छन्। उनीहरूका अनुसार पोखरेल मदन भण्डारीको नजिकका, जनताको बहुदलीय जनवादका सशक्त पक्षधर नेतामध्ये एक भएकाले नेतृत्वका दाबेदार हुन्।

ओलीले तेस्रो कार्यकालका लागि पार्टी विधान संशोधन गरेर उमेर सीमा र दुई कार्यकालको प्रावधान हटाइसकेका छन्। यही संशोधनले पोखरेललाई पनि प्रतिस्पर्धामा उत्रिने बाटो खोलिदिएको एमाले नेताहरूको भनाइ छ।

जेन–जी आन्दोलनपछि ओलीलाई नेतृत्व हस्तान्तरण गर्न दबाब दिने नेतामध्ये पोखरेल पनि परेका थिए। असोजमा भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा उनले ओलीलाई पद छोड्न सुझाव दिएका थिए, तर ओलीले अस्वीकार गर्दै महाधिवेशन मिति अघि सारेका थिए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकरण भइसकेको सदस्यता ओलीले निलम्बनमा राखेपछि पार्टीभित्र असन्तोष बढेको छ। पोखरेल, शाक्य, पाण्डे, ज्ञवाली, भट्टराई र विष्टलगायतका नेताहरूले भण्डारीको सदस्यता खोल्न माग गरे पनि ओलीले सकारात्मक प्रतिक्रिया दिएका छैनन्। नेताहरूले ओली भण्डारीले अध्यक्षमा उठ्ने आशंकाले सदस्यता रोकेको आरोप लगाएका छन्।

भण्डारीको सदस्यता विवाद नखुल्दा पोखरेलले नै अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएको बताइएको छ। उनले भण्डारीसँग परामर्श गरेर उम्मेदवारीको तयारी थालेका छन्। पोखरेल पक्षले अन्य पदहरूमा पनि उम्मेदवार खडा गर्ने योजना बनाएको छ, जसले गर्दा महाधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित देखिन्छ।

विधान संशोधनपछि एमालेको पदाधिकारी संख्या १५ सदस्यीय बनाइएको छ। सचिव गोकर्ण विष्टले पनि यसपालि स्वस्थ प्रतिस्पर्धा हुने बताएका छन्।

महाधिवेशनका २१ सय प्रतिनिधिहरू चयनको तयारी तीव्र बनेको छ। पोखरेल पक्षले भण्डारीको सदस्यता विवादलाई महाधिवेशनको एजेन्डाका रूपमा उठाउने तयारी गरेको छ।

चितवनमा भएको दसौँ महाधिवेशनमा पनि ओली सर्वसम्मत अध्यक्ष बन्न चाहेका थिए, तर भीम रावलसँग प्रतिस्पर्धा गर्नुपरेको थियो। यसपटक पनि ओलीको सर्वसम्मत योजनामा चुनौती आएको छ। पोखरेलको उम्मेदवारीसँगै एमालेमा नेतृत्व हस्तान्तरण र नयाँ पुस्ताको समावेशीकरणबारे बहस बलियो बनेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विभिन्न कार्यक्रम गर्दै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...

विश्व बैंकको सहयोगमा मुलपानी-तितौरे सडक कालोपत्र हुँदै

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य: बेवास्ताले बढ्दै जोखिम, समस्या कसरी थाहा पाउने ?

काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...

स्वदेशी चलचित्र डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...

निर्वाचन ६४ दिन बाँकी- ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending