Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

प्रचण्डको नेतृत्वमा वाम ध्रुवीकरण: भोलि आधा दर्जनभन्दा बढी वामपंथी दलहरुबीकाे एकता घोषणा हुने

पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ अनि चुनाव चिन्ह पाँचकुने तारा

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा वाम ध्रुवीकरणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वाम शक्तिहरूबीच लामो समयदेखि तयारीमा रहेको एकता अब साकार हुँदैछ । 

माओवादी केन्द्रको ताजा निर्णय र ९ वटा वाम दलबीचको सहमति यस दिशामा ठूलो कदमका रूपमा हेरिएको छ ।

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकले मङ्गलबार पार्टी एकताको एजेन्डा पारित गर्दै वाम एकीकरणको मार्गमा अगाडि बढ्ने ऐतिहासिक निर्णय गरेपछि अन्तिम ढुंगाे लागेकाे हाे । बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रस्तुत गरेकाे एकताको प्रस्ताव सर्वसम्मतजस्तै बहुमतले पारित भएको थियो ।

बैठकपछि संयोजक प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै भने, “अबको चरण वाम शक्तिहरूबीचको एकताको हो । जनताको आकांक्षा, राष्ट्रिय स्वाभिमान र परिवर्तनका अधूरा एजेन्डा पूरा गर्न हामी सबै वामपन्थीहरू एकै ध्रुवमा आउँछौँ ।” उनले वाम एकतालाई “नयाँ राजनीतिक यात्राको प्रारम्भ” भनेर व्याख्या गरे । 

माओवादी केन्द्रको अन्तिम बैठकमा संगठन सुदृढीकरण, आगामी राजनीतिक दिशा, र सम्भावित वाम एकीकरणका विषयमा विस्तृत छलफल भएको थियो । नेताहरूका अनुसार अब पार्टीको ध्यान संगठनात्मक पुनर्संरचना, स्थानीय तहसम्मको एकता संयोजन, र संयुक्त राजनीतिक कार्यक्रमतर्फ केन्द्रित हुनेछ ।

यसैबीच, नेकपा (माओवादी केन्द्र) सहित ९ वटा वाम दलबीचको संयुक्त एकता घोषणा कार्यक्रम भोलि (बुधबार) बिहान ११ बजे काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको माओवादी केन्द्रका नेता अग्नि सापकोटाले जानकारी दिए । 

सापकोटाका अनुसार नयाँ एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ । उनले भने, “हामीले विगतका सबै उतार–चढाव र अनुभवका घुम्ती पार गर्दै अब स्थायित्व, सुशासन र समृद्धिको दिशामा नयाँ ढङ्गले अघि बढ्ने निर्णय गरेका छौँ । वाम एकता जनताको साझा चाहना हो, त्यसलाई संस्थागत गर्दै अघि बढ्छौँ ।”

सापकोटाले नयाँ पार्टी जनताको अपेक्षा अनुसार नीति तथा कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाउँदै थपे, “अबको चरण नारामा होइन, व्यवहारिक परिवर्तनमा केन्द्रीत हुनेछ । वाम एकताको माध्यमबाट देशलाई राजनीतिक अस्थिरता र विभाजनको अवस्थाबाट निकास दिलाउने हाम्रो उद्देश्य हो ।”

बैठकमा सहभागी नेताहरूले पनि वाम एकतालाई “देशको आवश्यकता”का रूपमा व्याख्या गरेका छन् । उनीहरूले आगामी राजनीतिक यात्रामा बिस्तारै वैचारिक एकता र संगठनात्मक समायोजनलाई बलियो बनाउँदै अघि बढ्ने बताएका छन् ।

नेता श्रेष्ठका अनुसार तत्कालका लागि माओवाद सिद्धान्तलाई छलफलका लागि स्थगित गरिएको भए पनि, “विस्तृत र सजीव बहसपछि माओवाद पुनःव्याख्या र सुदृढीकरण हुनेछ ।” उनका शब्दमा, “अहिलेको प्राथमिकता वाम शक्तिहरूबीचको विश्वास, सहकार्य र साझा राजनीतिक केन्द्र निर्माण गर्नु हो ।”

भोलिको घोषणा सभा वाम राजनीतिमा नयाँ युगको सुरुवातका रूपमा लिइएको छ । विश्लेषकहरूका अनुसार प्रचण्डको नेतृत्वमा सुरु भएको यो वाम ध्रुवीकरणले नेपाली वाम आन्दोलनलाई पुनःएकजुट गर्ने मात्र होइन, देशको समग्र राजनीतिक स्थायित्व र विकासका लागि नयाँ सम्भावना पनि खोल्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...

‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना’ विषयमा विद्यावारिधी

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...

जेनजी सहिद : दुई पुस्ताको विद्रोह, जनयुद्धदेखि जेनजी आन्दोलनसम्म…

सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए ।  २०५२ साल ...

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...

कृषि मन्त्रालयद्वारा दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...

४० हजार पर्यटक थेग्न सक्ने क्षमता भएको पोखरामा यस्तो छ नयाँ वर्षको तयारी

कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ ।  रङ्ग...

नवलपुरमा स्कारपियोको ठक्करबाट एककाे मृत्यु

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...

विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।  आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...

उदयपुरमा जंगली हात्ती गाउँ पस्दा झन्डै तीन लाखको क्षति

उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...

बर्दियामा बाघको आक्रमणबाट बालिकाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु  भएको हो। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending