काठमाडौं । नेपालमा वाम ध्रुवीकरणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वाम शक्तिहरूबीच लामो समयदेखि तयारीमा रहेको एकता अब साकार हुँदैछ ।
माओवादी केन्द्रको ताजा निर्णय र ९ वटा वाम दलबीचको सहमति यस दिशामा ठूलो कदमका रूपमा हेरिएको छ ।
माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकले मङ्गलबार पार्टी एकताको एजेन्डा पारित गर्दै वाम एकीकरणको मार्गमा अगाडि बढ्ने ऐतिहासिक निर्णय गरेपछि अन्तिम ढुंगाे लागेकाे हाे । बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रस्तुत गरेकाे एकताको प्रस्ताव सर्वसम्मतजस्तै बहुमतले पारित भएको थियो ।
बैठकपछि संयोजक प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै भने, “अबको चरण वाम शक्तिहरूबीचको एकताको हो । जनताको आकांक्षा, राष्ट्रिय स्वाभिमान र परिवर्तनका अधूरा एजेन्डा पूरा गर्न हामी सबै वामपन्थीहरू एकै ध्रुवमा आउँछौँ ।” उनले वाम एकतालाई “नयाँ राजनीतिक यात्राको प्रारम्भ” भनेर व्याख्या गरे ।
माओवादी केन्द्रको अन्तिम बैठकमा संगठन सुदृढीकरण, आगामी राजनीतिक दिशा, र सम्भावित वाम एकीकरणका विषयमा विस्तृत छलफल भएको थियो । नेताहरूका अनुसार अब पार्टीको ध्यान संगठनात्मक पुनर्संरचना, स्थानीय तहसम्मको एकता संयोजन, र संयुक्त राजनीतिक कार्यक्रमतर्फ केन्द्रित हुनेछ ।
यसैबीच, नेकपा (माओवादी केन्द्र) सहित ९ वटा वाम दलबीचको संयुक्त एकता घोषणा कार्यक्रम भोलि (बुधबार) बिहान ११ बजे काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको माओवादी केन्द्रका नेता अग्नि सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार नयाँ एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ । उनले भने, “हामीले विगतका सबै उतार–चढाव र अनुभवका घुम्ती पार गर्दै अब स्थायित्व, सुशासन र समृद्धिको दिशामा नयाँ ढङ्गले अघि बढ्ने निर्णय गरेका छौँ । वाम एकता जनताको साझा चाहना हो, त्यसलाई संस्थागत गर्दै अघि बढ्छौँ ।”
सापकोटाले नयाँ पार्टी जनताको अपेक्षा अनुसार नीति तथा कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाउँदै थपे, “अबको चरण नारामा होइन, व्यवहारिक परिवर्तनमा केन्द्रीत हुनेछ । वाम एकताको माध्यमबाट देशलाई राजनीतिक अस्थिरता र विभाजनको अवस्थाबाट निकास दिलाउने हाम्रो उद्देश्य हो ।”
बैठकमा सहभागी नेताहरूले पनि वाम एकतालाई “देशको आवश्यकता”का रूपमा व्याख्या गरेका छन् । उनीहरूले आगामी राजनीतिक यात्रामा बिस्तारै वैचारिक एकता र संगठनात्मक समायोजनलाई बलियो बनाउँदै अघि बढ्ने बताएका छन् ।
नेता श्रेष्ठका अनुसार तत्कालका लागि माओवाद सिद्धान्तलाई छलफलका लागि स्थगित गरिएको भए पनि, “विस्तृत र सजीव बहसपछि माओवाद पुनःव्याख्या र सुदृढीकरण हुनेछ ।” उनका शब्दमा, “अहिलेको प्राथमिकता वाम शक्तिहरूबीचको विश्वास, सहकार्य र साझा राजनीतिक केन्द्र निर्माण गर्नु हो ।”
भोलिको घोषणा सभा वाम राजनीतिमा नयाँ युगको सुरुवातका रूपमा लिइएको छ । विश्लेषकहरूका अनुसार प्रचण्डको नेतृत्वमा सुरु भएको यो वाम ध्रुवीकरणले नेपाली वाम आन्दोलनलाई पुनःएकजुट गर्ने मात्र होइन, देशको समग्र राजनीतिक स्थायित्व र विकासका लागि नयाँ सम्भावना पनि खोल्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: