लिमा । पेरु सरकारका विदेशमन्त्री ह्युगो डे जेलाले सोमबार राजधानी लिमामा आयोजित पत्रकार सम्मेलनमा पेरुले मेक्सिकोसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको घोषणा गरेका छन् ।
उक्त निर्णय पेरुकी पूर्व प्रधानमन्त्री श्रीमती बेट्सी चाभेजले मेक्सिकोबाट शरण मागेपछि गरिएको हो । चावेजमाथि हाल विद्रोहसम्बन्धी मुद्दामा अनुसन्धान चलिरहेको छ।
विदेशमन्त्री डे जेलाका अनुसार मेक्सिकोको लिमास्थित राजदूतावासले चाभेजलाई शरण प्रदान गर्ने निर्णय लिँदा दुई देशबीच पहिले नै रहेको राजनीतिक तनावलाई अझ चर्काउने ‘अत्यन्तै प्रतिकूल कार्य’ गरेको हो । उनले मेक्सिकोले पेरुको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गर्दै आएको आरोप लगाए ।
यसैबीच राष्ट्रपति जोसे जेरीको कार्यलयबाट जारी विज्ञप्तिमा पनि मेक्सिको सरकारमाथि पेरुको आन्तरिक विषयमा अनावश्यक र बारम्बार हस्तक्षेप गरेको आरोप लगाइएको छ ।
अधिकारीहरूका अनुसार सन् २०२२ मा तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोले संसद् विघटन र आपतकाल घोषणा गर्ने असफल प्रयासमा संलग्न भएको अभियोगमा चाभेजमाथि अनुसन्धान भइरहेको छ । त्यसबेला सेनाको समर्थन नपाएपछि क्यास्टिलो तत्कालै संसद्द्वारा पदच्युत भएको थियो । त्यसपछि उनलाई विद्रोह उक्साएको अभियोगमा पक्राउ गरिएको थियो ।
महान्यायाधिवक्ताको कार्यालयले चाभेजमाथि राज्यसत्ताविरुद्धको विद्रोहको अपराधमा सहयोगीको रूपमा आरोप लगाएको छ र उनका लागि २५ वर्षसम्म कैद सजायको माग गरेको छ ।
विदेशमन्त्री डे जेलाले भने, “आज हामीले गहिरो खेदका साथ थाहा पायौँ कि तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोद्वारा गरिएको कू प्रयासकी सह–लेखिका पूर्व प्रधानमन्त्री बेट्सी चाभेजलाई लिमास्थित मेक्सिकाली दूतावासमा शरण दिइएको छ ।”
मेक्सिको सरकारले भने अन्तर्राष्ट्रिय कानूनअनुसार शरण प्रदान गरिएको बताउँदै पेरुको निर्णयप्रति खेद प्रकट गरेको छ । मेक्सिकोको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मेक्सिकोले पेरुको एकपक्षीय निर्णयलाई अत्यधिक र असमान प्रतिक्रिया मानेको छ । यो कुनै पनि रूपमा पेरुको आन्तरिक मामिलामा हस्तक्षेप होइन ।”
यसअघि पनि मेक्सिकोले पूर्व राष्ट्रपति पेड्रो क्यास्टिलोप्रति सहानुभूति प्रकट गर्दै उनकी श्रीमती र सन्तानहरूलाई शरण दिएको छ । क्यास्टिलो वामपन्थी मञ्चमार्फत सत्तामा पुगेका थिए र सन् २०२२ डिसेम्बरमा संसद् विघटनको घोषणा गरेपछि पदच्युत भएको थियो ।
गत अक्टोबरमा मेक्सिकाकी राष्ट्रपति क्लाउडिया सेनबामले क्यास्टिलोप्रति समर्थन व्यक्त गर्दै उनलाई ‘कूको सिकार’ भएको बताउनुका साथै निष्पक्ष सुनुवाइ र रिहाइको माग गरेको थियो ।
पेरुको विदेश मन्त्रालयले सोमबार प्रकाशित अर्को विज्ञप्तिमा भनिएको छ, “सन् २०२२ डिसेम्बरको घटनादेखि नै मेक्सिको सरकारले पेरुको आन्तरिक मामिलामा अस्वीकार्य र व्यवस्थित हस्तक्षेप गर्दै आएको छ ।”
पेरुले आफ्नो सार्वभौम अधिकारको सम्मान गर्न पटक–पटक आग्रह गर्दा पनि मेक्सिकोले आफ्नो ‘अस्वीकार्य र गैरकूटनीतिक’ व्यवहार परिवर्तन नगरेको मन्त्रालयले बताएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - २०:२२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...
पौष १५ गते, २०८२ - २०:१९
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...
पौष १५ गते, २०८२ - २०:१५
सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए । २०५२ साल ...
पौष १५ गते, २०८२ - १९:३९
भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...
पौष १५ गते, २०८२ - १९:३६
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...
पौष १५ गते, २०८२ - १९:३३
कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्ग...
पौष १५ गते, २०८२ - १९:३०
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...
पौष १५ गते, २०८२ - १९:२८
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् । आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...
पौष १५ गते, २०८२ - १९:२६
उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...
पौष १५ गते, २०८२ - १९:२४
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु भएको हो। ...




प्रतिकृया लेख्नुहोस्: