बैतडी । महाकाली करिडोरको ‘ट्र्याक’ खुलेसँगै बैतडीको पञ्चेश्वर गाउँपालिकाबाट जिल्ला सदरमुकामको दूरी छोट्याएको छ ।
करिडोरअन्तर्गत पञ्चेश्वरको अर्तोली भन्ने स्थानमा रहेको कडा चट्टानका कारण समस्या भएको थियो । उक्त कडा चट्टानका कारण सडक निर्माणमा समस्या रहेकामा हाल समस्या समाधान भएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
उनले भने,“करिडोरअन्तर्गत अर्तोलीको कडा चट्टान काटिएसँगै सदरमुकाम आवतजावतको दूरी छोटिएको छ । यसअघि आठ घण्टा लाग्ने गरेकामा अबदेखि दुई घण्टामै सदरमुकाम पुग्न सकिन्छ ।”
उक्त चट्टान काटिएसँगै वडा नम्बर ५ गिरेगडा र वडा नम्बर ६ रोडिदेवल पालिका केन्द्र कुँलाउसँग जोडिएको छ । ट्र्याक खुलेसँगै वडा नम्बर ५ र ६ पनि गाउँपालिकाको केन्द्रसँग सडक जोडिएको छ । सडक निर्माण नहुँदासम्म गाउँपालिका–५ र ६ का बासिन्दालाई गाउँपालिकाको केन्द्र पुग्न समस्या थियो ।
सडक निर्माण भएपछि अब स्थानीयलाई पालिकामा पुग्न सहज भएको अध्यक्ष चन्दले बताए । अध्यक्ष चन्दले भने, “सडक जोडिएसँगै वडा नम्बर ५ र ६ का बासिन्दालाई गाउँपालिकाको केन्द्रसम्म पुग्न सहज भएको छ । योसँगै सबै वडा पालिकाका केन्द्रसम्म जोडिएका छन् । पालिका पुग्न पनि घण्टौँ हिँड्ने नागरिक अब गाडीमा छिटो पालिका पुग्नेछन् ।”
गाउँपालिकाका हरेक वडाबाट पालिकाको केन्द्रसम्म पुग्ने कच्ची सडकहरु निर्माण भएका हुन् । महाकाली करिडोर कञ्चनपुर–डडेल्धुरा–बैतडी हुँदै दार्चुलासम्म पर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - २०:२२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...
पौष १५ गते, २०८२ - २०:१९
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...
पौष १५ गते, २०८२ - २०:१५
सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए । २०५२ साल ...
पौष १५ गते, २०८२ - १९:३९
भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...
पौष १५ गते, २०८२ - १९:३६
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...
पौष १५ गते, २०८२ - १९:३३
कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्ग...
पौष १५ गते, २०८२ - १९:३०
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...
पौष १५ गते, २०८२ - १९:२८
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् । आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...
पौष १५ गते, २०८२ - १९:२६
उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...
पौष १५ गते, २०८२ - १९:२४
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु भएको हो। ...




प्रतिकृया लेख्नुहोस्: