Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

शरद् ऋतुमा हिमाल आरोहणबाट प्राप्त राजस्व तेब्बरभन्दा बढी वृद्धि

खबरडबली संवाददाता

काठमाडौं । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहणबाट प्राप्त राजस्व तेब्बरभन्दा बढी वृद्धि भएको छ । सरकारले दस वर्षपछि पर्वतारोहण अनुमति शुल्क पुनः निर्धारण गरेपछि गत वर्षको तुलनामा यस वर्ष राजस्व उल्लेखनीय रूपमा बढेको हो ।

पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार विगतका शरद् याममा साढे सात करोड रुपैयाँ हाराहारीको राजस्व संकलन हुँदै आएकोमा यो वर्ष साढे २५ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारी कोषमा दाखिला भएको छ ।

उनका अनुसार, जेनजी आन्दोलनका कारण अन्य पर्यटन क्षेत्र प्रभावित भए पनि पर्वतारोहण क्षेत्रमा सुधार देखिएको छ । यस वर्ष अघिल्ला वर्षमा आरोहण हुन नसकेका हिमालहरूमा समेत सफल आरोहण भएको छ ।

सन् २०२३ को शरद् ऋतुमा सात करोड ८१ लाख र सन् २०२४ मा सात करोड ६३ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष २५ करोड ५१ लाख ६५ हजार ४३६ रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।

यो याममा १७५ समूहका एक हजार ४५० आरोहीले अनुमति लिएका छन् । तीमध्ये ३४५ जना महिला र एक हजार १०५ जना पुरुष छन् । नेपालसहित ८३ देशका आरोहीहरूले यो याममा भाग लिएका छन् ।

विभागका अनुसार ५४ हिमालका लागि अनुमति जारी गरिएकोमा सबैभन्दा बढी मनासलु हिमाल आरोहणका लागि ३७४ जनाले अनुमति लिएका छन् । मनासलुबाट मात्रै १५ करोड ७६ लाख ४० हजार १९५ रुपैयाँ राजस्व संकलन भएको छ ।

हाल नेपालमा कुल ४६१ हिमाल आरोहणका लागि खुला गरिएका छन् । तीमध्ये १०२ हिमालमा अहिलेसम्म आरोहण हुन सकेको थिएन । तर, यो शरद् याममा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ मा अवस्थित नुम्बुर हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण भएको छ ।

पोल्यान्डका आडम, जर्मनीका फोलिक्स र इटालीका हर्भ नामका पर्वतारोहीले १५ घण्टाको कठिन प्रयासपछि ६ हजार ९५८ मिटर उचाइको नुम्बुर हिमालको चुचुरोमा पाइला टेक्न सफल भएका छन् । नुम्बुर आरोहणको यसअघि सन् १९६३ मा जापानी र सन् १९८१ मा फ्रान्सेली दलले प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।

यसैबीच, अमेरिकी पर्वतारोही जिम मोरिसनले सगरमाथाको उत्तरी मोहडाबाट स्की गर्दै आरोहण सम्पन्न गरेर नयाँ कीर्तिमान पनि कायम गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: