काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकार संसद् र संवैधानिक प्रक्रियाप्रति जवाफदेही हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले प्रधानमन्त्रीको पछिल्लो राजनीतिक शैलीबारे टिप्पणी गर्दै प्रश्न गरे, ‘प्रधानमन्त्रीको एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको ?’
देश र जनताको हितका विषयमा संसद् प्रधानमन्त्रीको साथमा रहेको उल्लेख गर्दै उनले संसद्लाई उपेक्षा गरेर अघि नबढ्न प्रधानमन्त्रीलाई आग्रह गरे।
‘देश र जनताको हितमा सिंगो संसद् प्रधानमन्त्रीको साथमा रहेको छ। तर संसद्प्रति तपाईंको उपेक्षा गरेर होइन,’ उनले भने।
प्रधानमन्त्रीले आफ्नो संवैधानिक जिम्मेवारीलाई इच्छाअनुसार प्रयोग गर्ने विषय नभएको भन्दै केसीले जवाफदेहिता र संवैधानिक कर्तव्यलाई गम्भीरतापूर्वक पालना गर्न आग्रह गरे।
‘संवैधानिक संस्था कार्यपालिकाको छायामा’
केसीले मुलुकका संवैधानिक संस्थाहरू कार्यपालिकाको प्रभावमा पर्दै गएको आरोपसमेत लगाए।
उनका अनुसार सरकारले गरेका कतिपय राम्रा प्रयास पनि पर्याप्त तयारी र स्पष्ट विधिबिना अघि बढ्दा हचुवा तथा प्रक्रियाविहीन देखिने गरेका छन्।
लोकतान्त्रिक शासन व्यवस्थामा उपलब्धि वा परिणाम मात्रै महत्वपूर्ण नभई त्यसलाई प्राप्त गर्ने प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्ने उनको धारणा थियो।
‘लोकतन्त्रमा परिणाम मात्रै होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ,’ उनले भने।
‘१०० दिनमा १०० युवा फर्काउने प्रतिबद्धता कहाँ गयो ?’
सांसद केसीले सरकार गठनको सुरुवाती चरणमा गरिएका प्रतिबद्धताको कार्यान्वयनबारे पनि प्रश्न उठाए।
सरकारमा आएको १०० दिनमै विदेशमा रहेका १०० युवालाई नेपाल फर्काउने प्रतिबद्धता सार्वजनिक गरिएको स्मरण गराउँदै उनले उक्त प्रतिबद्धता अहिले कहाँ पुग्यो भन्ने प्रश्न गरे।
उनले सरकारलाई आफ्ना प्रतिबद्धता र निर्णय कार्यान्वयनतर्फ ध्यान दिन आग्रह गर्दै संसद्प्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १५:५९
रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...
श्रावण २६ गते, २०८३ - १५:४८
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...
श्रावण २६ गते, २०८३ - १५:४१
नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...
श्रावण २६ गते, २०८३ - १५:३६
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनका गतिविधि रोक्न माग गर्दै पठाएको पत्रमा सभापति गगनकुमार थापालाई ‘तत्काली...
श्रावण २६ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद्को बैठक आह्वान गरेको छन् । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनु...
श्रावण २६ गते, २०८३ - १४:५०
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकार संसद् र संवैधानिक प्र...
श्रावण २६ गते, २०८३ - १४:३७
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा बढ्दो बेथिति, भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न अपराधमा संलग्न व्यक्तिलाई सार्वजनिक रूपमा...
श्रावण २६ गते, २०८३ - १४:२२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ अभि...
श्रावण २६ गते, २०८३ - १४:००
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति संसद्मा कडा आपत्ति जनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १३:३९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा...



प्रतिकृया लेख्नुहोस्: