काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनका गतिविधि रोक्न माग गर्दै पठाएको पत्रमा सभापति गगनकुमार थापालाई ‘तत्कालीन महामन्त्री’ भनेर सम्बोधन गरेका छन्।
राष्ट्रिय भेला आयोजक समितिका संयोजकको हैसियतमा डा। कोइरालाले निर्वाचन आयोग र कांग्रेस केन्द्रीय कार्यालयलाई पठाएको पत्रको बोधार्थमा थापालाई ‘तत्कालीन महामन्त्री’ उल्लेख गरिएको हो।
थापा विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा चयन भएका थिए। उक्त विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिइसकेको अवस्थामा डा। कोइरालाले सर्वोच्च अदालतबाट आएको पछिल्लो आदेशलाई आधार बनाउँदै वर्तमान नेतृत्वको कानुनी हैसियतमाथि प्रश्न उठाएका छन्।
सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता र नेतृत्वको हैसियतसँग सम्बन्धित मुद्दामा पुनरवलोकनका लागि निस्सा प्रदान गरेपछि पार्टीको वर्तमान नेतृत्वको कानुनी अवस्थामाथि पुन: बहस सुरु भएको उनको तर्क छ।
डा। कोइरालाले आफ्नो पत्रमा लेखेका छन्, ‘सर्वोच्च अदालतले निस्सा प्रदान गरेसँगै नेपाली कांग्रेसको वैधानिकता र तत्कालीन नेतृत्वको कानुनी हैसियत पुन: गम्भीर रूपमा न्यायिक पुनरावलोकनको अवस्थामा पुगेको छ।’
अदालतको आदेशलाई आधार बनाएर महाधिवेशन रोक्न माग
सर्वोच्च अदालतले मुद्दा पुन: हेर्ने प्रक्रिया अघि बढाएपछि कांग्रेसको वर्तमान कार्यसमितिको वैधानिकतामाथि कानुनी प्रश्न सिर्जना भएको डा। कोइराला पक्षको दाबी छ।
सोही कानुनी तर्कका आधारमा थापालाई पत्रमा ‘तत्कालीन महामन्त्री’का रूपमा सम्बोधन गरिएको इतर समूहका एक नेताले बताएका छन्।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेपछि पनि पार्टीको वैधानिकता तथा नेतृत्वको हैसियतलाई लिएर विवाद कायमै रहेको भन्दै डा। कोइराला नेतृत्वको राष्ट्रिय भेला आयोजक समितिले १५औँ महाधिवेशनसम्बन्धी गतिविधि रोक्न माग गरेको हो।
यसले कांग्रेसभित्र महाधिवेशनको तयारीसँगै नेतृत्वको वैधानिकतासम्बन्धी विवादलाई समेत पुन: सतहमा ल्याएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १६:३५
काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १६:१०
काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...
श्रावण २६ गते, २०८३ - १५:५९
रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...
श्रावण २६ गते, २०८३ - १५:४८
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...
श्रावण २६ गते, २०८३ - १५:४१
नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...
श्रावण २६ गते, २०८३ - १५:३६
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनका गतिविधि रोक्न माग गर्दै पठाएको पत्रमा सभापति गगनकुमार थापालाई ‘तत्काली...
श्रावण २६ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद्को बैठक आह्वान गरेको छन् । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनु...
श्रावण २६ गते, २०८३ - १४:५०
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकार संसद् र संवैधानिक प्र...
श्रावण २६ गते, २०८३ - १४:३७
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा बढ्दो बेथिति, भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न अपराधमा संलग्न व्यक्तिलाई सार्वजनिक रूपमा...
श्रावण २६ गते, २०८३ - १४:२२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ अभि...



प्रतिकृया लेख्नुहोस्: