ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवेशन कहिले गर्ने भन्ने विषयमा महामन्त्री र सहमहामन्त्रीबीच फरक धारणा देखिएको छ । यही कारणले बैठकमा महाधिवेशनको कार्यतालिका सम्बन्धी दुईवटा छुट्टाछुट्टै प्रस्ताव पेस भएका छन् ।
सहमहामन्त्री बद्री पाण्डेका अनुसार महामन्त्री गगनकुमार थापाले पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म गर्ने कार्यतालिका अघि सारेका छन् ।
“महाधिवेशनको कार्यतालिकामा सहमति बन्न सकेको छैन । दुई खालका मतलाई एउटै धारमा ल्याउने प्रयास जारी छ,” पाण्डेले भने । उनका अनुसार पुसमा महाधिवेशन गर्ने प्रस्तावलाई समर्थन गर्नेहरूले यसलाई विशेष महाधिवेशन पक्षधरहरूको माग सम्बोधन गर्ने माध्यमका रूपमा पनि हेरेका छन् ।
महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्यतालिकाअनुसार मङ्सिर २७ गते वडा अधिवेशन, पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र पुस १६ देखि १९ गतेसम्म १५औं केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै, सहमहामन्त्री यादवको प्रस्तावअनुसार २०८२ चैत १ गते वडा अधिवेशन सुरु भई क्रमशः चैत ३० गते जिल्ला अधिवेशन, २०८३ वैशाख १५ गते सातवटै प्रदेश अधिवेशन र वैशाख २७ देखि २९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने भनिएको छ । यादव पक्षले पार्टीको आन्तरिक तयारी, संगठन विस्तार र निर्वाचनपश्चातको राजनीतिक सन्तुलनका लागि थप समय आवश्यक रहेको तर्क गरेको छ ।
सहमहामन्त्री पाण्डेले भने पुसमै महाधिवेशन गर्ने धारणा बलियो रहेको बताउँदै, “विशेष महाधिवेशन पक्षधरहरूको मागलाई सम्बोधन गर्न र संगठनभित्रको असन्तुष्टि न्यूनिकरण गर्न पुसको विकल्प उपयुक्त देखिन्छ,” भने ।
उता, सहमहामन्त्री किशोरसिंह राठौरले अहिले देशका सबै निकाय ‘जलेको अवस्थामामा’ रहेको उल्लेख गर्दै कांग्रेसले आन्तरिक मतभेदभन्दा माथि उठेर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले निर्वाचन सम्पन्न भएपछि मात्र नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित हुने विश्वास व्यक्त गरे ।
केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्रका सबै विचार र मतलाई सम्बोधन गर्दै लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । “विधानले व्यवस्था गरेअनुसार विशेष महाधिवेशन पनि वैधानिक प्रक्रिया हो । त्यसैले कांग्रेसले लोकतान्त्रिक अभ्यासमा उदाहरणीय कदम चाल्नुपर्छ,” महरले भने ।
बैठकमा दुई फरक प्रस्ताव पेस भएपछि अहिले पार्टीभित्र महाधिवेशनको समय र स्वरूपबारे गहिरो मतभेद सतहमा आएको देखिएको छ । शीर्ष नेताहरूले भने दुवै धारबीच सहमति खोज्ने प्रयास जारी रहेको जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: