काठमाडौं । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल नेतृत्वको समूहभित्र फेरि विभाजन भएको छ। सोही समूहका नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठ आज नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा पुनः प्रवेश गर्ने तयारीमा रहेका छन्।
श्रेष्ठले विज्ञप्ति जारी गर्दै आफू र झाँक्रीले एमालेमा फर्किने घोषणा गर्नका लागि पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिएका छन्। उनीहरू भोलि बिहान १० बजे काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै पार्टी पुनः प्रवेशको औपचारिक घोषणा गर्ने कार्यक्रम तय भएको बताइएको छ।
झाँक्रीले सामाजिक सञ्जालमार्फत् भनएकी छिन्, “विकास र समृद्धिको मार्गमा अघि बढ्ने बाटो कस्तो हुन सक्छ भन्ने विषयमा विचार–विमर्श गर्न हामीले पत्रकार सम्मेलनको आयोजना गरेका छौं।”
उनका अनुसार कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्यमा अघि बढ्न सैद्धान्तिक तथा वैचारिक रूपमा मिल्ने शक्तिहरूबीच सहकार्य आवश्यक भएको हो। उनले यस दिशामा आफूहरू लामो समयदेखि निरन्तर प्रयासरत रहेको बताउँदै, ती प्रयासहरू अब निष्कर्षतर्फ उन्मुख भएको उल्लेख गरेकी छिन्।
यसबीच, एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि हालै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी वाम एकता र सम्भावित सहकार्यका विषयमा छलफल गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ०८:०५
काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...
पौष १६ गते, २०८२ - ०७:५४
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...
पौष १६ गते, २०८२ - ०७:४७
बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...
पौष १६ गते, २०८२ - ०७:४५
काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...
पौष १६ गते, २०८२ - ०७:०८
काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...
पौष १६ गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...
पौष १६ गते, २०८२ - ०६:५९
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...




प्रतिकृया लेख्नुहोस्: