काठमाडौं । बुधबार बिहान पत्रकार सम्मेलनमार्फत एकीकृत समाजवादीका केन्द्रीय नेता किसान श्रेष्ठले पार्टी छोड्ने संकेतसहित एमाले फिर्तीको घोषणा गरेका छन् ।
श्रेष्ठले भने “हामीलाई पद–पदवी केही चाहिँदैन, केवल हाँसेर बोल्ने नेतृत्व र सम्मानजनक व्यवहार चाहिन्छ।” उनका अनुसार, एमालेसँग छलफल अगाडि बढिरहेको छ र अन्तिम निर्णय “सकारात्मक दिशामा” पुगेको छ।
श्रेष्ठसँगै रामकुमारी झाँक्रीलगायतका नेताहरू पनि एमाले फिर्तीको तयारीमा रहेको बुझिएको छ।
उनीहरूले भने, “हामी विचारका कारण समाजवादीमा आएका थियौँ, तर अहिले त्यो दिशा हराएको छ। अब हामी एमालेमा फर्केर वाम शक्तिलाई एकताबद्ध बनाउँछौँ।”
यस्तो बेला माओवादी केन्द्र, समाजवादी र अन्य नौ बाम घटकबीच आजै एकता घोषणा हुने तयारी भइरहेको छ। तर, श्रेष्ठ समूहको फिर्तीले त्यो प्रयासमै नयाँ प्रश्न उब्जाएको छ।
नेकपा (एकीकृत समाजवादी) गठनको तीन वर्षपछि नै पुनः एमाले फिर्तीको बहस सुरु हुनु त्यस पार्टीको अस्तित्वका लागि ठूलो चुनौतीका रूपमा देखिएको छ। पूर्व एमाले विभाजनको कारण बनेका वैचारिक मतभेद अहिले क्रमशः मेटिँदै गएका छन्, तर व्यक्तिगत असन्तुष्टि अझ बलियो रूपमा देखा परेको छ।
यो केवल पार्टी फिर्ती होइन, एकीकृत समाजवादीको विचारगत असफलताको संकेत भएकाे र एमालेले यदि यस्ता नेताहरूलाई समेट्न सक्यो भने पुरानो संगठनात्मक शक्ति पुनः सुदृढ हुने एफमाले नेताहरुले बताएका छन ।
किसान श्रेष्ठको “बिना शर्त फिर्ती” ले नेपालको बाम राजनीतिमा नयाँ तरंग ल्याएको छ।
एकातिर बाम एकता घोषणा हुने तयारी, अर्कातिर नेताहरूको पार्टी–फिर्ती — यसले वाम राजनीतिको दिशा फेरिने संकेत दिएको छ।
अब प्रश्न यही छ — यो फिर्ती विचारको पुनर्मिलन हो कि अस्तित्वको जुगाड ? आगामी केही दिनमै यसको उत्तर स्पष्ट हुनेछ। छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: