धनगढी। सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूले प्रदेश सांसद र मन्त्रीका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी गरेका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले यस निर्णय गरेको हो। बैठकमा सहभागी एक नेताका अनुसार, “मन्त्री र सांसदले प्राप्त गर्दै आएको स्वकीय सचिवको सुविधा नहटाउने” समझदारी भएको छ।
यसअघि संघीय सरकारले खर्च कटौतीका क्रममा प्रदेश सांसद र मन्त्रीका स्वकीय सचिवालय कटौती गर्ने निर्देशन दिएकोमा प्रदेशहरूले असन्तुष्टि जनाउँदै आएका थिए। मंगलबार अर्थ मन्त्रालयले “प्रदेशका सबै कामहरू प्रदेश र संघीय कानुन बमोजिम हुने” पत्र पठाएपछि सुदूरपश्चिममा सर्वदलीय बैठकले निर्णय गरेको हो। सभामुख भीमबहादुर भण्डारीले भने, “प्रदेशका कामहरू प्रदेश कानुन बमोजिम कार्यान्वयन हुनेछन्।”
बैठकमा मुख्यमन्त्री शाह, सभामुख भण्डारी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, माओवादी केन्द्रका नेता अक्कलबहादुर रावल, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामी, राप्रपा सांसद खिमादेवी बिष्ट र कांग्रेस सांसद पदमबहादुर शाही उपस्थित थिए।
सर्वदलीय बैठकले प्रदेशसभा चाँडै सञ्चालन गर्ने निर्णय पनि गरेको छ। जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी भएपछि बैठक ठप्प भएको थियो। सभामुख भण्डारीका अनुसार, क्षतिग्रस्त भवनको बैठक कक्ष मर्मत भइरहेको छ र दुई साताभित्र बैठक सञ्चालन हुने तयारी भइरहेको छ।
त्यस्तै, प्रदेश सरकारका कार्यालयहरूमा विगतजस्तै पूर्ववत सुरक्षा व्यवस्था कायम गर्न प्रदेश सुरक्षा समितिमार्फत सुरक्षा निकाय परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: