काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्तालाई पार्टीसँग हातेमालो गरेर अघि बढ्न आह्वान गरेका छन् ।
बुधबार कम्युनिस्ट पार्टी एकता घोषणा सभामा बोल्दै उनले भने, “आजमात्रै जेनजी पुस्ताका वार्तामा रहेकाहरूमध्ये केही युवा साथीहरूलाई पार्टीमा स्वागत गर्यौं । अरु जेनजी साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु, आउनुहोस्, हामीसँग हातेमालो गर्दै अघि बढ्नुस् ।”
उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र समाजवादको मार्गमा हातमा हात मिलाएर अघि बढ्न जोड दिएका छन् । “सुशासनको पक्षमा होस् वा भ्रष्टाचार नियन्त्रणको हुरा होस्, समाजवादको दिशामा अघि बढ्ने कुरा होस्, वा समाजमा रहेका विकृति र विसंगतिका विरुद्धमा लड्ने कुरा होस्, यी सबैमा हामी तपाईंहरूसँग हातेमालो गर्न चाहन्छौं,” नेपालले भने ।
पार्टी एकता र सहकार्यको सन्देशलाई बल दिँदै यो अपिल सबै जेनजीहरूका लागि साझा कदमको संकेत बनेको छ । नेपालले भारत र चीनमा कम्युनिस्ट पार्टीको नाम नियाल्दै आफूहरूले नवगठित पार्टीको नाम घोषणा गरेको सुनाएका छन् । बुधबार कम्युनिस्ट पार्टी एकता घोषणा सभामा सम्बोधन गर्ने क्रममा नेपालले पार्टीको नाम राख्न वृहत छलफल भएको बताए ।
‘यो नेपाली कम्युनिस्ट पार्टी, हामीले सोचेका थियौं, पार्टीको नाम के राख्ने ? नेकपा समाजवादी राख्ने कि हाम्रो राजु कार्की कमरेडको । सबै समाजवादी कुन समाजवादी कुन समाजवादी ? अनि नेपाली कम्युनिस्ट राख्ने कि ?,’ नेपालले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टी भन्छन्, भारतीय कम्युनिस्ट पार्टी भन्छन् । भनेपछि हामीले नेपाली कम्युनिस्ट पार्टी किन नभन्ने ?’
अनि चम्किलो तारालाई चुनाव चिन्ह राखिएको बताए । ‘तारा चम्किलो चिन्ह किन नलिने । वृहत छलफलपछि हामी यो दुईवटा निष्कर्षमा पुगेका हौं,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - २०:२२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...
पौष १५ गते, २०८२ - २०:१९
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...
पौष १५ गते, २०८२ - २०:१५
सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए । २०५२ साल ...
पौष १५ गते, २०८२ - १९:३९
भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...
पौष १५ गते, २०८२ - १९:३६
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...
पौष १५ गते, २०८२ - १९:३३
कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्ग...
पौष १५ गते, २०८२ - १९:३०
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...
पौष १५ गते, २०८२ - १९:२८
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् । आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...
पौष १५ गते, २०८२ - १९:२६
उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...
पौष १५ गते, २०८२ - १९:२४
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु भएको हो। ...




प्रतिकृया लेख्नुहोस्: