Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

न्युयोर्कमा ऐतिहासिक विजय : वामपन्थी जोहरान ममदानी मेयर निर्वाचित, डेमोक्रेटहरूको मनोबल उकासियो

खबरडबली संवाददाता

न्युयोर्क । अमेरिकाको राजनीतिक केन्द्र मानिने न्युयोर्क सहरमा मङ्गलबार भएको निर्वाचनमा युवा वामपन्थी नेता जोहरान ममदानीले मेयर पदमा ऐतिहासिक विजय हासिल गरेका छन् । यो परिणामले न्युयोर्कको राजनीतिक दिशा परिवर्तन गरेको मात्र नभई सन् २०२६ को मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि प्रारम्भिक चेतावनीको रूपमा समेत देखिएको छ ।

ममदानीको यो विजयी परिणामसँगै डेमोक्रेटिक पार्टीले भर्जिनिया र न्युजर्सीको गभर्नर चुनावमा पनि उल्लेखनीय सफलता हात पारेको छ । यी परिणामहरूले ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि कमजोर भएको डेमोक्रेटहरूको मनोबल पुनः उच्च बनाएको छ भने रिपब्लिकनहरूमा भने चिन्ताको घण्टी बजाएको छ ।

व्यापारिक अभिजात वर्ग, रूढिवादी मिडिया र ट्रम्प आफैँले पनि उनको नीति र मुस्लिम पृष्ठभूमिमाथि तीव्र प्रहार गर्दै आएका थिए । तथापि, ती सबै आलोचनाबीच ममदानीको विजयले समावेशी र प्रगतिशील राजनीतिक शक्तिको उदयको सङ्केत गरेको छ ।

“यदि कुनै स्थानले डोनाल्ड ट्रम्पद्वारा विभाजित राष्ट्रलाई कसरी पुनः एकीकृत गर्ने भनेर देखाउन सक्छ भने, त्यो स्थान यही सहर हो — जसले उहाँलाई जन्म दियो”, ममदानीले विजय भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै भने, “राजनीतिक अन्धकारको यस घडीमा न्युयोर्क उज्यालो बन्नेछ ।”

भर्जिनिया र न्युजर्सीमा डेमोक्रेटहरूको गभर्नर पदमा जितले देशको राजनीतिक मुडमा परिवर्तन आएको सङ्केत गरेको छ । यसैबीच, क्यालिफोर्नियामा मतदाताहरूले ट्रम्प समर्थित जेरीम्यान्डरिङ्ग (निरन्तर निर्वाचन क्षेत्र पुनःसंरचना) रोक्ने प्रस्ताव पारित गर्दै चुनावी निष्पक्षतामा जोड दिएका छन् ।

अर्कोतर्फ, ट्रम्पले भने परिणामको जिम्मेवारी लिन अस्वीकार गर्दै आफ्नै ‘ट्रुथ सोसल’ प्लेटफर्ममा अज्ञात पोलस्टरहरू उद्धृत गर्दै रिपब्लिकन पराजयको कारण सरकार बन्द हुनु र मतपत्रमा आफ्नो नाम नहुनु रहेको दाबी गरेका छन् ।

सदनका डेमोक्रेटिक नेता हकीम जेफ्रीजले ‘डेमोक्रेटहरूले डोनाल्ड ट्रम्प र उनका चरमपन्थी सहयोगीहरूलाई देशभर परास्त गरिरहेका छन्’ भनी एक्समा लेख्दै पार्टीको पुनरुत्थान भएको घोषणा गरे ।

न्युयोर्कको क्विन्स जिल्लाका सांसदसमेत रहेका ममदानीले बढ्दो जीवनयापन लागत, सार्वजनिक यातायात, बाल हेरचाह सुविधा र सहरद्वारा सञ्चालित किराना पसलहरू जस्ता ठोस मुद्दामा जनतालाई आकर्षित गरेका थिए । उनको सरल व्यक्तिगत शैली, सामाजिक सञ्जालमार्फतको सक्रियता र जनस्तरमा प्रत्यक्ष अभियानले व्यापक जनसमर्थन दिलायो ।

“अर्को र अन्तिम गन्तव्य सिटी हल हो”, ममदानीले विजयी घोषणा पछि एक्समा पोस्ट गरिएको भिडियो सन्देशमा भने ।

स्व–वर्णित समाजवादी ममदानी पहिले लगभग अपरिचित थिए, तर पूर्व गभर्नर एन्डङ्यु कुओमोमाथि डेमोक्रेटिक मनोनयनमा जित हासिल गरेपछि उनी चर्चामा आए । मङ्गलबारको मुख्य चुनावमा पनि उनले कुओमो र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवा दुवैलाई पराजित गरे । स्लिवा गार्जियन एन्जल्स नागरिक अपराध गस्ती समूहका संस्थापक हुन् ।

ट्रम्पले चुनावको अन्तिम घडीमा ममदानीलाई ‘यहुदी विरोधी’ भन्दै व्यक्तिगत आक्रमण गरेका थिए, तर त्यो आरोप जनतामाझ प्रभावहीन रह्यो । त्यसैबीच, प्रमुख व्यापारी बिल एकम्यानसहितका आर्थिक वृतका ठूला व्यक्तिहरूले ममदानीका विपक्षीहरूलाई आर्थिक सहयोग गरे पनि परिणाम बदल्न सकेनन् ।

यस वर्षको निर्वाचनमा करिब १४ लाख ५० हजार मतदाताले मतदान गरेका थिए । यो सन् २०२१ को मतसङ्ख्याभन्दा धेरै थियो ।

राजनीतिक विश्लेषकहरूका अनुसार ममदानीको यो अप्रत्याशित उत्थानले डेमोक्रेटिक पार्टीभित्र मध्यमार्गी र वामपन्थी धारबीचको बहसलाई अझ प्रज्वलित गर्नेछ । सिराक्युज विश्वविद्यालयका राजनीति विज्ञ प्रोफेसर ग्रान्ट रीहरले भने, “न्युयोर्क जस्तो सहरमा शासन गर्नु आफैँमा चुनौती हो, जहाँ हरेक पक्षले आफ्नो धारिलो चक्कु निकालिसकेको छ ।”

कुओमोको निर्वाचन पार्टीमा निराशाको वातावरण थियो । केही समर्थकले ट्रम्पले अब सहरमा नेशनल गार्ड पठाउने सम्भावना व्यक्त गरे भने अरूले दक्षिणपन्थी मत विभाजनका लागि स्लिवालाई दोष दिए ।

न्युजर्सीमा डेमोक्रेट उम्मेदवार मिकी सेरिलले ट्रम्प समर्थित व्यापारीलाई पराजित गरे भने भर्जिनियामा एबिगेल स्प्यानबर्गरले गभर्नर पद पुनः डेमोक्रेटहरूको कब्जामा ल्याउन सफल भए ।

पूर्व राष्ट्रपति बाराक ओबामाले यी दुवै उम्मेदवारलाई समर्थन गरेका थिए । जीतपछि ओबामाले भने, “हामीसँग अझ धेरै काम बाँकी छ, तर भविष्य अहिले अलि उज्यालो देखिन थालेको छ ।” रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: